आठौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ तर्फ नेपाल आर्मी च्याम्पियन, गण्डकी प्रदेश दोश्रो

पोखरा न्यूज – ९, बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा समपन्न प्याराग्लाइडिङ प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब टिम च्याम्पियन भएको छ ।

सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरि च्याम्पियन बनेको हो । त्यसैगरि गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य पदकका साथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ ।

सम्पन्न प्रतियोगितामा नेपाल आर्मीले एक्यूरेसी तर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्यूरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरि ४ स्वर्ण पदक हात पारेको हो । त्यसै गरि गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष टिम क्रसकन्ट्री तर्फ २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

एक्यरेसी इन्डिभिजुअल पुरुष तर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे भने नेपाल आर्मीकै ऋर्षी जलारी पोडेले २३ अंकका साथ रजत पदकमा चित्त बुझाए । गण्डकीका अनिष भट्टराई ३३ अंक प्राप्त गर्दै काश्य पदक हात पारे । सोही इभेन्टको महिला तर्फ पनि नेपाल आर्मीकी दुर्गामाया गुरुङले ४७९ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पारिन । यसै गरि गण्डकीकी प्रतिभा भुजेलले ५४० अंकका साथ रजत र गण्डकीकै सबिता तामाङ ५७३ अंक बटुल्दै काश्य पदक हात पारिन ।

एक्यूरेसी टिम इभेन्टमा नेपाल आर्मी १७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफ भएको छ भने प्रदेश नं १ ले १०१९ अंकका साथ रजत पदक हात पारेको छ । गण्डकी प्रदेश १३४५ अंक प्राप्त गरि काश्य पदकमा चित्त बुझाएको छ ।

यसै गरि क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा २५९५ अंक बटुल्दै स्वर्ण पदक हात पारेका छन । नेपाल आर्मीकै बिशाल थापाले २५५० प्राप्त गरि रजत पदक हात पार्दा गण्डकीका आशिष थापाले २५४५ अंकका साथ रजत पदकमा चित्त बुझाएका छन ।

\क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले ११३५ अंकका प्राप्त गर्दै स्वर्ण पदक हात पारेकी छन भने नेपाल आर्मीकी स्वस्तिका गुरुङ ६५७ अंक बटुल्दै रजत पदक हात पारिन । प्रदेश १ की सुष्मिता सुनुवार ३४५ अंकका सात तेश्रो हुँदै काश्य पदक पाइन ।

क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकी प्रदेशले कुल ९५७६ अंक प्राप्त गरि स्वर्ण पदक हात पारेको छ । सोही इभेन्टमा नेपाल आर्मीले ९११४ अंक बटुल्दै रजत पदक हात पार्दा प्रदेश नं ३ ले ८४४७ अंक प्राप्त गरि काश्य पदक हात पारेको हो ।

यहि बैशाख ६ गते बाट पोखरामा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदकका लागि १० महीला सहित पुरुष ४९ गरि कुल ५९ जना खेलाडी भिडेका थिए । प्रतियोगितामा पाँच प्रदेश सहित नेपाल आर्मीले सहभागिता जनाएका थिए ।

बिजयी खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिशी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का अध्यक्ष रुपनारायण श्रेष्ठ, महासचिब शैलेन्द्र राउत, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराई लगाएतले पदक, प्रमाणपत्र तथा आठौं राष्ट्रिय खेलकुदको लोगो अंकित मायाको चिनो वितरण गरेका थिए ।

सो अबसरमा बोल्दै पोखरा महानगरका मेयर मान बहादुर जिशीले महानगरले पोखरा शहरलाई खेलकुद राजधानीको रुपमा आगाडी बढाउन चाहेको उल्लेख गर्दै खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले आठौं खेलकुद व्यवस्थापनका हिसाबले निकै चुनौतीपूर्ण रहेको बताउँदै खेलाडीलाई कुनै बाधा नआउने गरि आगामी दिनमा यसलाई ख्याल गरिने बताए ।

उनले आफ्ना छोरा बुद्ध गुरुङको माता मनकामना फर्मका तर्फ बाट गण्डकी प्रदेश बाहेकका खेलाडीलाई मायाको चिनो स्वरुप १ हजार ५ सयका दरले उपलव्ध गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button