उच्च जोखिममा बेनीबजार: तटबन्ध निर्माण कार्य सुस्त

पोखरा न्यूज – १४, बैशाख । कालीगण्डकीमा पानीको बहाव ह्वात्तै बढी सकेपनि बाढीको उच्च जोखिमयुक्त म्याग्दीको सदरमुकाम बेनी बजार बचाउन शुरु गरिएको अस्थायी तटबन्ध तटबन्धको निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ ।

कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको बेनीबजार संरक्षणका लागि शुरु गरिएको अस्थायी तटबन्धको निर्माण कार्य सुस्त भएपछि स्थानीयवासी चिन्तित भएका छन् । कालीगण्डकीको बेनीबजार खण्डमा पक्की पुलदेखि तल दोबिल्लासम्म रु तीन करोड ५० लाखको लागतमा तटबन्ध निर्माणकार्य भइरहेको छ ।

अहिले विभिन्न चारवटा प्याकेजमा काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष उत्तम कर्माचार्यले बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका कर्माचार्यकाअनुसार नदी सतहबाट पाँच फिट गहिरो फाउण्डेसन राखी ११ फिट चाक्लो र छ फिट अग्ला ग्याबिन तटबन्ध निर्माण गरिँदै छ ।

तटबन्ध निर्माण उपभोक्ता समितिमार्फत भनिएको भए पनि काम भने ठेकदारमार्फत नै गर्राएको छ । तटबन्ध निर्माण गर्दा नदीको वातावरणमा गम्भीर असर पर्नेगरी ठूला ढुङ्गा सबै फुटाइएको तथा तटबन्धमा साना गेगर प्रयोग गरिएको भन्दै बेनी नगरपालिकाले समेत उपभोक्ता समितिलाई सचेत पारेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button