पोखराको वन क्याम्पस प्रमुख नियुक्ति नियम विपरीत भएको आरोप

पोखरा न्यूज – १५, वैशाख । पोखराको वन विज्ञान अध्ययन संस्थानको क्याम्पस प्रमुख नियुक्तिमा नियम विपरीत भएको आरोप लागेको छ । तत्कालिन निमिक्त क्याम्पस प्रमुख एवं उपप्राध्यापक ठाकुर शिल्वालले आइतबार पोखराका पत्रकारसंग कुराकानी गर्दै क्याम्पस प्रमुख नियुक्तिमा नियम विपरीत भएको आरोप लगाएका हुन् ।

डिन कार्यालयको सिफारिस विना उपकुलपति तिर्थराज खनियाले आफ्नो पदको दुरुपयोग गरी नियम विपरित प्राविधिक बिषयमा दक्षता हासिल नगरेको व्यक्तिलाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको उनले आरोप लगाए । डिनको कार्यालयबाट आफु निमिक्त क्याम्पस प्रमुखको जिम्मेवार वहन गर्दै गर्दा १० महिना ५ दिन पुगे पछि उपकुलपतिले नियम विपरित अर्को व्यक्तिलाई निमिक्त प्रमुखको जिम्मेवार दिनु गलत भएको उपप्राध्यापक शिल्वालले दाबी गरे ।

राजनीतिक कारणले गर्दा एकाएक उपकुलपतिले आफ्नो स्थानमा प्रेमनारायण खनाललाई नियुक्ति गरेको बिषयमा आफुहरुले नमान्ने उनले जनाए । आफु सहित उपप्राध्यापक विनोद प्रसाद हेजु र बिष्णु प्रसाद देवकोटाको नाम क्याम्पस प्रमुखमा सिफारिस हुँदा सिफारिस गरेको भन्दा बाहिरबाट निमिक्त क्याम्पस प्रमुख नियुक्ति हुनु राजनीतिक कारणले गर्दा यस्तो भएको उपप्राध्यपक शिल्वालको दाबी छ ।

उपकुलपति तिर्थराज खनालले पोखराको वन क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुखको पदमा आफ्नो अधिकार प्रयोग गरी तीन महिनाको लागि प्रेमनारायण खनाललाई नियुक्त गरेको जनाए । उनले आफुसंग भएको अधिकार प्रयोग गरी नियमसंग ढंगले नियुक्ति क्याम्पस प्रमुख नियुक्ति गरेको बतए ।

विश्वबिद्यालयको कुनै पदाधिकारीको पद रिक्त भएमा सम्बन्धित अधिकारीले रिक्त भएको तीन महिना भित्र त्यस्तो पदमा नियुक्ति गरी पुर्ति गर्नु पर्ने त्रिभुवन विश्व बिद्यालयको नियममा उल्लेख छ ।

गत चैत्र २८ गतेदेखि पोखराको वन क्याम्पसको निमिक्त क्याम्पस प्रमुखमा आफु नियुक्ति भएको प्रेमनारायण खनालले बताए । विगत २८ बर्ष देखि त्रिभुवन विश्वबिद्यालयमा अध्ययन गराउदै आएको बताएका निमिक्त क्याम्पस प्रमुख खनालले गुणस्तरिय शिक्षाको विकासमा आफु कटिवद्ध भएको बताए । उनको उमेरको कारणले गर्दा अब करिब साँढे ३ बर्ष मात्र क्याम्पसमा कर्मचारीको रुपमा रहन सक्छन्। क्याम्पस प्रमुखको नियुक्ति ४ बर्षको लागि हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button