गोरखामा भिरबाट लडेर रसियन पर्यटकको मृत्यु

पोखरा न्यूज -१७, वैशाख । गोरखामा भिरबाट लडेर एक रसियन पर्यटकको मृत्यु भएको छ ।

चुम भ्यालीबाट फर्कने क्रममा  चुमनुब्री गाउँपालिका-३ स्थित भिरबाट लडेर ६८ बर्षिय रसियन पर्यटक जेटसभ एलेक्सजेन्डरको मृत्यु भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए ।

एलेक्सजेन्डरको पासपोर्ट नम्बर ७१३४९९७६४ रहेको प्रहरीले उल्लेख गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button