गोरखामा ट्रकको ठक्करबाट एकको मृत्यु

पोखरा न्यूज -२०, वैशाख । गोरखामा मिनी ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ ।

आज गण्डकी गाउँपालिका-८ बेनी गाँउमा बा ५ ख ११७१ नम्बरको  मिनी ट्रक ब्याक गर्ने क्रममा सोहि ठाउँका ५८ बर्षिय  देवनारायण श्रेष्ठलाई ठक्कर दिदा  मृत्यु  भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डीएपी गोविन्द पुरीले जानकारी दिए । पुरीका अनुसार  श्रेष्ठको घटनास्थल नै मृत्यु भएको थियो ।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसधान भई रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button