पोखराका विद्यार्थीलाई उत्प्रेरणा

पोखरा न्यूज -२०, वैशाख । शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपाल(सोसियल अवेरनेस थ्रु अडियो एण्ड भिज्युअल नेपाल) नामक संस्थाले पोखराका विद्यालय तहमा अध्ययनरत विद्यार्थीको लागि उत्प्रेरणा दिएको छ ।

विद्यार्थीका लागि उपयोगी विषयमा केन्द्रित रहेर के पढ्ने, किन पढ्ने, कसरी पढ्ने, कस्ता साथी बनाउने, कस्तो बानी व्यहोरा अपनाउने लगायत विषयमा उत्प्रेरक डा ताराजी र उपेन्द्र पौडेलले प्रस्तुति दिएका थिए ।

वर्तमान समयमा शिक्षा क्षेत्रमा देखिएका विकृति, बढ्दै गएको सामाजिक समस्या, मौलिक संस्कृतिमा आएको अस्तित्वको सङ्कट, प्रतिकूल बन्दै गएको पर्यावरण, शिशुमा देखिएको मनोवैज्ञानिक समस्या र विद्यालयको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि समसामयिक विषयको प्रस्तुति रहेको थियो ।

श्रव्यदृश्य सामग्रीको उत्पादन र प्रसारणमार्फत नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले गठित साभले काम गरिरहेको संस्थाका अध्यक्ष तुलसी प्रवासले जानकारी दिए ।

शैक्षिक सत्रको शुरुमा आयोजित गोष्ठीले विद्यार्थीलाई पढाइप्रति प्रेरणा प्रदान गरेको र कार्यक्रम निकै फलदायी बनेको सहभागी विद्यार्थी तथा शिक्षकको प्रतिक्रिया थियो । बिहीबार आयोजित गोष्ठीमा विभिन्न विद्यालयका ५०० जनाको सहभागिता थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button