लमजुङको बेशिसहर-११ मा आगलागी, करिब ७ लाख क्षती

पोखरा न्यूज -२०, वैशाख । लमजुङको एक घरमा आगलागी हुँदा करिब ७ लाख बराबर  क्षती भएको छ ।

बेशिसहर नगरपालिका-११ बानियाँपधेरा स्थित गोपाल कमलीको ढुङगामाटोले बनेको २ तल्ले कच्ची घरमा आगलागी भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डीएपी गोविन्द पुरीले जानकारी दिए । बिजुलीको तार सर्ट भइ आगलागी भएको पुरीले जनाए ।

उक्त आगलागी नियन्त्रणमा लिएको हो । आगलागीमा घरको माथील्लो भाग जलेर पुर्ण रुपमा  नष्ट भएको छ । घरमा रहेको नगद पचास हजार सहित गर गहना र लत्ता कपडा गरी करिब सात लाख बराबरको क्षती भएको प्रहरीले उल्लेख गरेको छ ।

घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button