संविधानले विभेदमा पारिएकाको सार्वभौम अधिकार समेटेको: मन्त्री विश्वकर्मा

पोखरा न्यूज -२२, वैशाख । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विगतका दिनमा विभेदमा पारिएका जाति तथा समुदायलाई वर्तमान संविधानले सार्वभौम अधिकार प्रदान गरेको बताएका छन् ।

दलित आन्दोलनका अगुवा एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर विकले लेखेका पुस्तक ‘दलित/उत्पीडन, पहिचान र समाधान’ को आज पोखरामा विमोचन गर्दैै उनले दलित आन्दोलन मानवाधिकार र सांस्कृतिक रुपान्तरणको आन्दोलन हो, यो आन्दोलन दलितको मात्र भन्नु भ्रम हो, नेपाली समाज र राष्ट्रिय महत्वको विषय हो देशमा विकासलाई एकीकृतरुपमा अघि बढाउन विभेद बाधक छ भने ।

नेकपाका गण्डकी प्रदेश अध्यक्ष हीतराज पाण्डेले प्रकाशित पुस्तकमा दलित समस्यालाई उठान गरेको र समाधानका उपाय पनि स्पष्टरुपमा उल्लेख गरिएको भन्दै अवसर प्राप्त गरेपछि मात्र क्षमता विकास हुने भनाइ राखे । पुस्तकका लेखक विकले विभिन्न समय र सन्दर्शमा आफूले लेखेका लेखको सङ्ग्रह र दुईदशकको सर्वहारा वर्गीय आन्दोलन र दलित सामुदायिक आन्दोलनबाट प्राप्त अनुभूति समेटिएको बताए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली, माछापुच्छ्रे गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडी, बाम बुद्धिजीवी रामराज रेग्मीलगायतले दलित समस्या र आन्दोलनलाई नजिकबाट बुझ्न प्रकाशित पुस्तक उपयोगी हुने धारणा राखेका थिए


सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button