पोखरामा रेडलाइट क्षेत्रको परिस्कृत रुप ‘इन्जोय जोन’, ९ करोड विनियोजन

संचालन गर्ने जिम्मा निजी कम्पनीलाई दिइने, एक बर्ष भित्रमा संचालनमा ल्याइने

पोखरा न्यूज -२३, वैशाख । गण्डकी प्रदेशको राजधानि पोखरामा चौबिसै घण्टा खुल्ला हुने मनोरञ्जन क्षेत्र (इन्जोय जोन) बनाइने भएको छ । जसको  डिपिआरको लागि मात्र हालसालै ९ करोड रुपैया विनियोजन गरिएको छ । गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखरा पर्यटनको हब भएकोले आगन्तुक पाहुनालाई लक्षित गरी पोखरा क्षेत्रमा रेडलाइट क्षेत्रको परिस्कृत रुप ‘इन्जोय जोन’ बनाउने तयारी गरेको हो  ।

गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिमाल र ताल देखिने गरी पोखराको लेकसाइड नजिक क्षेत्रमा आगन्तुक पाहुनालाई विश्वमा उपलब्ध हुने अधिकांश सुविधाहरु उपलब्ध हुने गरि २४ सै घण्टा खुल्ला हुने गरी इन्जोय जोन बनाउने तयारी गरेको बताए ।

उनले भने “ गण्डकी प्रदेशको राजधानि आएको पर्यटकहरुलाई अब हामीले हाम्रो कला संस्कृतिको साथमा विश्व बजारमा उपलब्ध हुने सम्पूर्ण सेवा सुविधा हामीले दिन सक्नु पर्छ, यसको लागि हामीले डिपिआर तयार पार्दैछौं, यसको संचालन गर्ने जिम्मा भने निजी कम्पनीलाई दिने हो । ”

सरकारले तोकेको निश्चित ठाउँमा पर्यटकीय गतिविधि खुल्ला हुने तर त्यसको निगरानि गर्न भने बाहिरि घेरामा आवश्यकता अनुसारको सुरक्षाको समेत व्यबस्था हुने मन्त्री लम्सालले बताए । उनले भने “सरकारले इन्जोय जोन घोषणा गरे पश्चात उक्त क्षेत्रमा भएको पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्दैन, विश्वका पर्यटकीय मुलुक डेनमार्क, थाइल्याण्ड लगायतका देशमा हुने सम्पूर्ण पर्यटकीय गतिविधि हुन्छ । ”

इन्जोय जोन भित्र रेड लाइट क्षेत्र  पनि हुन्छ मन्त्री ज्यू भनेर पोखरा न्युजले सोधेको प्रश्नमा मन्त्री लम्सालले भने “पर्यटकीय गतिविधि भित्र के के पर्छन्, तपाई आफैँ जान्नुहोस, लामो समय ट्रेकिङमा गएका विदेशी पाहुनाहरुलाई आवश्यक पर्ने खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङ, स्पा: मसाज, ज्याकुजी लगायतका मनोरन्जनका विभिन्न सुबिधा उपलव्ध हुनेछन् ।” उनले घुमाउरो तवरले रेडलाइट क्षेत्रको परिस्कृत स्वरुपमा यौनजन्य क्रियाकलाप सहितको इन्जोय जोन संचालन हुने जनाए ।

इन्जोय जोन सहित पर्यटकीय गतिविधि निर्माणको गर्न डिपिआरको लागि मात्र ९ करोड रुपैया विनियोजन गरिएको मन्त्री लम्सालले बताए । सराङकोटदेखि पामे लगायतको क्षेत्रमा यसको अध्ययन भइरहेको बताएका मन्त्री लम्सालले करिब एक बर्ष भित्र उक्त इन्जोय जोन संचालन ल्याउने जनाए ।

उक्त क्षेत्रबाट सरकारले निश्चित कर संकलन गर्ने भएको छ भने सो क्षेत्रमा यौनजन्य क्रियाकलाप समेत हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button