प्रदेश सरकारले फेवातालको बिच भागमा कफी सप बनाउने

पोखरा न्यूज – २५, बैशाख । प्रदेश सरकारले फेवातालको बिच भागमा कफी सप बनाउने  तयारी गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले फेवातालको बीच भागमा कफी सप बनाउने प्रदेश सरकारको योजना रहेको बताएका छन्।

पोखरा आउने पाहुनालाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नयाँ किसिमको कफी सप स्थापना गर्न डिपिआर समेत तयार पार्ने मन्त्री लम्सालले जनाए । उनले भने “ फेवातालको बिच मागमा माटो थुपारेर नयाँ किसिमबाट हामीले कफी सप संचालन गर्न खोजेका छौं, यसको डिपिआर तयार भए पछि यसको संचालनको जिम्मा निजी क्षेत्रलाई दिन सक्छौं । ” कफी सपमा अर्गानिक तथा ब्राण्डिङ कफी उपलब्ध गराउने भएको उनले बताए ।

ताल प्राधिकरण गठन भएसंगै त्यसको सम्पूर्ण व्यबस्थापनको जिम्मा प्राधिकरणले गर्ने भएको मन्त्री लम्सालले जनाए । उनले भने “ पोखराको नयाँ प्रोडक्ट बनाउने र फेवातालको माटो व्यबस्थापन गर्ने गरी हामीले यो अवधारणा अघि सारेका छौं, कफीको मुल्यको बिषयमा पछि आउने व्यवसायीले तोक्न सक्छ, तर अन्य क्षेत्रमा भन्दा फेवातालमा स्थापना हुने कफी सपमा केही महङगो भने अवश्य हुन्छ । ” राम्रो कफी डलर तिरेर खानुपर्ने उनले बताए  ।

फेवातालको बिच भागमा रहेको तालबराही मन्दीरमा पर्यटक तथा श्रद्धालु भत्तजनहरु डुंगा सयर गरेर जाने गरे सरी फेवातालको बिच भाग खपौंदी क्षेत्रमा हुने कफी सपमा कफी खान डुंगा सयर गरेर जाने व्यवस्था हुने मन्त्री लम्सालले जनाए ।  त्यसै गरी मन्त्री लम्सालले पोखरामा रेडलाईट एरिया सहितको इन्जोय जोन बनाइने समेत बताएकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button