तनहुँमा पेस्तोल सहित ४ जना पक्राउ

पोखरा न्यूज – २५, बैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन् ।

पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेका अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले निजको साथबाट एक थान कटुवा पेस्तोल र १०० ग्राम गाँजासमेत बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button