लमजुङमा २० औँ घलेगाउँ महोत्सव सम्पन्न

पोखरा न्यूज – २५, बैशाख । लमजुङको उत्तरी भेग क्वहोलासोथर गाउँपािलका–३ स्थित दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको स्मार्ट भिलेज घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव आज सम्पन्न भएको छ ।

“प्राकृतिक सुन्दरता, गुरुङ कलासंस्कृति र घरबास, घलेगाउँ समृद्धिको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवर्द्धन ग्रामीण पर्यटनको विकासको पूर्वाधार”, भन्ने नाराका साथ २३ गते सोमबारदेखि शुरु भएको घलेगाउँ महोत्सव आज सम्पन्न भएको हो ।

महोत्सवको तेस्रो दिन अर्थात् अन्तिम दिन आज जैविक खाना महोत्सव राखिएको थियो । खानामा स्थानीय कुखुराको मासु, सिस्नो, निउरो, बटमाले साग, टिमोर तथा टमाटर अचार, मासको दाललगायतको परिकार रहेको थियो । स्थानीयवासीले गुरुङ संस्कृतिमा आधारित, कृष्ण चरित्र, सेर्का, सोरठी, घ्याब्रेलगायतका नृत्यसमेत प्रस्तुत गरेको थियो । गुरुङ जातजातिलगायत महोत्सवमा सहभागीले उक्त नृत्य रुचाएका थिए ।

त्यस्तै, गुरुङ चलचित्रका नायक तथा गायक मनोज गुरुङ, नायिका तथा गायिका निस्ता गुरुङ, गुरुङ कलाकार प्रिया गुरुङ, प्रकाश गुरुङ, भीमु गुरुङ, प्रतिमा गुरुङ र प्रिय गुरुङको गीत तथा नृत्य प्रस्तुत गरेको थियो । कलाकारले गुरुङ तथा नेपाली गीत प्रस्तुत गरेका थिए । साथै स्थानीय कलाकारलेसमेत विभिन्न नृत्य प्रस्तुति देखाइएको थियो ।

महोत्सव अवधिभर मनोरम प्राकृतिक दृश्यावलोकन, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, लोकल कृषिउपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, नमुना चिया बगान गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन सङ्ग्रहालय महोत्वसको मुख्या आकर्षण बन्यो ।

आर्थिक समृद्विका लागि गुरुङ लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन गर्न र घलेगाउँलाई स्मार्ट भिलेजका रुपमा चिनाउन महोत्सवले सहयोग गरेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँ लमजुङका अध्यक्ष क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए । आगामी वर्षमा समेत घलेगाउँ महोत्सवलाई निरन्तरता दिने समितिका सचिव उमल विश्वकर्माले बताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button