बस दुर्घटनाका घाइतेको खर्च बेनी नगरपालिकाले व्यहोर्ने

पोखरा न्यूज – २६, बैशाख । बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको ना ५ ख ५७२४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको उपचारको खर्च बेनी नगरपालिकाले व्यहोर्ने भएको छ ।

बुधवार साँझ बेनीबाट यात्रु लिएर तोरीपानी जाँदै गरेको बस बेनी नगरपालिका–९ भुर्तेदैलाको जम्रेनीमा दुर्घटना हुँदा १६ घाइते भएका थिए । घाइतेको बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले दुर्घटनामा घाइतेको उपचारमा बेनीनगरपालिकाले सहयोग गर्ने भएकाले उपचारमा खटिएका चिकित्सकलाई घाइतेको उपचारमा कुनै कमी आउन नदिन आग्रह गरेका छन् ।

घाइतेमध्ये चालक हरि भण्डारीसहित १४ को बेनी अस्पताल र दुई जनाको पोखरा मणिपाल अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

बस दुर्घटनामा परेकामध्ये बेनी नगरपालिका–९ तोरीपानीका रुद्रबहादुर चोखाल र मङ्गला गाउँपालिका–१ टोड्केका रतन थजालीलाई थप उपचारका लागि पोखरा मणिपला अस्पतालमा रिफर गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button