मुस्ताङमा एक पर्यटकको मृत्यु

पोखरा न्यूज – २७, बैशाख । पर्यटकीय जिल्ला मुस्ताङमा आज बिहान एक पर्यटकको मृत्यु भएको छ ।

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका स्थित  सारेबुङमा भ्रमणका लागि गएका करिब ६७ बर्षीय इटालियन पर्यटक मार्को रोक्कुफ्रान्कुफो मोरेलियोको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

पर्यटक बिरामी भएको जानकारी पाए पछी हेलीकप्टर लिएर उद्धारको लागी गए पनि मौसमको खराबीका कारण समय पुग्न नसकेको  र  प्रहरी पर्यटक भएको स्थानमा पुग्दा सम्म पर्यटकको मृत्यु भइ सकेको प्रहरीले उल्लेख गरेको छ ।

मृत पर्यटकको शव हेलीकप्टरको साहयतामा जोमसोम एयरपोर्ट ल्याईएको छ । घटना बारे  थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button