फेवातालमा अहिले सम्मकै ठुलो छाल ! ७ जनाको उद्धार, ४० बढी डुंगा डुबे

लाइफ ज्याकेटले पर्यटकलाई बचायो

दीननाथ बराल, पोखरा न्यूज – २९, वैशाख । पोखरामा आइतबार हावाहुरी चलेसँगै मुख्य पर्यटकीय क्षेत्र फेवातालमा ठुलो छाल आएको छ  । फेवातालमा डुंगा सयर गरेर आनन्द लिइरहेको बेला हावाहुरीसंगै आएको छालमा फसेका पर्यटकहरुलाई समयमै उद्धार गर्दा मानविय क्षेती हुनबाट जोगिएको छ । ठुलो छाल आएको भएपनि सवैजसो पर्यटकहरुले लाइफ ज्याकेट लगाएका कारणले गर्दा सकुसल उद्धार गर्न सकिएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए ।

फेवातालमा आइतबार दिउँसो एकाएक हावा हुरीसंगै आएको ठुलो छालमा अत्तालिएका एक विदेशी सहित ७ जनालाई उद्धार गरिएको हो । आइतबार दिउँसो करिब ३ बजे पछि एकाएक हावा हुरीसंगै आएको छालमा डुंगा सयर गर्दै गरेका एक विदेशी नागरिक सहित ७ जनालाई बाराहीघाटमा रहेको एपिएफ फेवा लेक रेस्क्यु टावरको एक टिमले समयमै सकुसल उद्धार गरेको हो । हावाहुरी  आएसंगै ठुलो छाल आए पछि तालबराही मन्दिरमा रहेका पर्यटकहरु त्यही रोकिएका थिए भने अन्य क्षेत्र डुंगा सयर गरेका पर्यटकहरु तालको किनारामा आएर बसेका हुन् । करिब एक घण्टा जसो ठुलो हावाहुरी चलेपछि हल्का हावा हुरी भए पनि मन्दिरमा रहेका पर्यटकहरु बराहीघाटमा ल्याइएको थियो ।

आइतबार हावा हुरीसंगै आएको छालको क्रममा फेवातालमा डुंगा सयर गर्दै गरेकी जर्मनी नागरिक करिब ४५ बर्षिया एलेन सहितका ७ जनालाई सकुसल उद्धार गरिएको शसस्त्र प्रहरी सहायक निरिक्षक दीपेन्द्र विष्टले पोखरा न्युजलाई बताए । विष्ट सहितको ७ जनाको रेस्क्यु टिमले दुई वटा डुंगाबाट उद्धार गरेको हो । एलेन सवार रहेको डुंगामा काठमाण्डौंका ४० बर्षीय खडानन्द वडाकोटी समेत रहेका थिए । उनीहरुलाई एपिएफको रेस्क्यु टिमले तालवाराही मन्दिर भन्दा दक्षिण भागबाट उद्धार गरेको हो । उनीहरुले आफै डुंगा चलाउदै सयरमा निस्केको बताइन्छ । डुंगामा सयर भएका सवैले लाइफ ज्याकेट लगाएका कारणले गर्दा पनि उनीहरु आत्तिए पनि डुंगा डुब्न लागेको अबस्थाबाटै उद्धार गरिएको शसस्त्र प्रहरी सहायक निरिक्षक विष्टले बताए ।

त्यसैगरी रेस्क्यु टिमले काठमाण्डौं बौद्धका ५ जनाको उद्धार गरेको हो । उनीहरुलाइ तालको बिच भागबाट उद्धार गरिएको हो । जसमध्य ३१ बर्षका संगि लामा, २९ बर्षका तेन्जिङ लामा, २२ बर्षका संजय लामा, १६ बर्षका टक्सीन लामा र ३६ बर्षका च्याम्वो लामा रहेकाछन्। विगत दुई बर्ष देखि रेस्क्यू टावरमा रहेका विष्टले आइतबार आएको छाल हालसम्मकै ठुलो छाला भएकोले गर्दा उद्धार गर्न समेत कठिनाइ भएको उल्लेख गरे । फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले फेवतालमा हालसम्मकै ठुलो छाल आएको बताए । फेवातालमा दिउँसो करिब ३ बजे देखि साँझ ६ बजेसम्म आएको छालमा परी करिब ४० वटा भन्दा बढी मानब रहित डुंगा डुबेको उनले बताए ।

उनले भने“ फेवातालमा छाल आउन साथ हाम्रा डुंगा व्यवसायी साथीहरु र रेस्क्यु टिमले गर्दा छाल आएको समयमा तालको बिच भागमा डुंगा सयर गर्दै रहेका पर्यटकलाई समयमै उद्धार गरिएकोले गर्दा मानविय क्षेती हुनबाट बचाउन सकियो । ” तालको छेउछाउमा फलामको साङलोले बाधेका डुंगाहरु समेत डुबेको उनले बताए ।

दिउँसो देखि साँझसम्म हावाहुरीसंगै पानी परेकोले गर्दा हालसम्म फेवातातमा के कति डुंगा डुब्न पुगे त्यसको एकिन तथ्याङक आउन सकेको छैन् । फेवातालमा पटक पटक लाइफ ज्याकेट नलगाउदा धेरै पर्यटकहरुले जायन गुमाउनु परेको छ । आइतबार फेवातालमा आएको ठुलो छालको क्रममा फेवातालमा डुंगा सयर गर्ने प्राय सवैले लाइफ ज्याकेट लगाउदा मानविय क्षति हुनबाट बचेको नेपालीले जनाए ।

फेवातालमा डुंगा सयर गर्दा अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनु पर्ने व्यबस्था गरेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button