पोखरामा एक युवकको शव फेला

पोखरा न्यूज – ३०, बैशाख । पोखरामा आज  एक युवकको शव फेला परेको छ ।

पोखरा -२० भलाम स्थित काली खोलामा २२ बर्षीय विरेन्द्र सापकोटाको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

प्रहरी प्रवक्ता पुरीका अनुसार म्याग्दी घर भई हाल  बगरमा बस्दै आएका सापकोटाको शव काली खोलाको झोलुङ्गे पुलमुनी फेला परेको हो  ।

घटनाको  बारेमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button