पोखरामा नवजात शिशु फेला

पोखरा न्यूज – ३०, बैशाख । पोखरा – ६ बाटुलेचौरमा  एक नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ ।

बाटुलेचौरको अम्बिका टोल स्थित बासघारीमा सालनाल नकाटिएको अवस्थामा सोमबार नवजात शिशु (छोरी) फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जनाएका छन् ।

प्रहरी प्रवक्ता पुरीका अनुसार जिवितै अवस्थामा फेला परेको नवजात शिशुलाई उपचारको लागि मातृशिशु अस्पताल लामाचौरमा पठाइएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button