पोखरा-५ मा पुरुष भलिबल प्रतियोगिता हुने

पोखरा न्यूज –०२, जेठ । पोखरा महानगरपालिका ५ स्थित मालेपाटन खेल मैदानमा यहि जेठ १६, १७ र १८ गते तेश्रो अभियान पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा क्लब तथा संघ संस्था स्तरिय भलिवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको तयारी तीव्र रुपमा अगाडी बढीरहेको प्रतियोगिताका संयोजक धर्मेन्द्र घर्तीले जानकारी दिए । विगतका वर्षहरुमा पनि उल्लेख्य सहभागिता सहित सम्पन्न भएको बताउदै यो पटक पनि भव्य र सभ्यरुपमा सम्पन्न गराउन क्लबका अध्यक्ष मोहन बहादुर केसीले आग्रह गरे ।

प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले जनाएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट प्लेएर, बेस्ट स्पाइकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ ।

विगत १३ वर्षदेखि क्लबले खेलकुद, स्वास्थ्य, वातावरण तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button