पोखरामा विद्यार्थीको सहयोग विद्यार्थीलाई नै

पोखरा न्यूज –०६, जेठ । पोखराको गैह्रपाटनमा रहेको कुमुदीनि होम्सबोर्डिङ स्कुलका विद्यार्थीहरुले उदाहरणिय कार्यलाई यस बर्ष पनि निरन्तरता दिएका छन् ।

कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीहरुले कास्कीका दुई वटा सामुदायिक विद्यालयका आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि प्रदान गर्दै यस बर्ष पनि उदाहरणिय कार्यलाई निरन्तरता दिएका हुन् ।सामुदायिक विद्यायलको गुणस्तरिय शैक्षिक विकास गराउने उद्धेश्यले आफुहरुले यस बर्ष पनि कास्कीको भुजुङखोलामा रहेको हिमालयन आधारभुत विद्यालय र सार्दीखोलाको खादरजुङमा रहेको वाराही आधारभुत विद्यालयलार्ई शैक्षिक सामाग्रि प्रदान गरेको कुमुदीनि होम्सका संस्थापक असोक पालिखेले बताए ।

विद्यालयको प्राथनाको समयमै आयोजित एक समारोहका बिच शैक्षिक सामाग्रिको साथमा नगद हस्तान्तरण गरिएको हो । हिमालयनका प्रधानाध्यापक माधव प्रसाद गौतम र वाराहीका प्रधानाध्यापक राम प्रसाद आचार्यलाई विद्यालयका विद्यार्थीहरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । एक कक्षा देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुबाट संकलन भएको शैक्षिक सामाग्रि (कपी, इरेजर, पेन्सिल कटर र पेन्सिल) गरी करिब ४३ जहार ९ सय १० रुपैया मुल्य बराबरको शैक्षिक सामाग्रि दुई वटा समुदायीक विद्यालयलाई हस्तान्तरण गरिएको हो संस्थापक पालिखेले बताए ।

विद्यार्थीहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्न विद्यार्थीहरुबाट संकलन भएको शैक्षिक सामग्रीहरु कमजोर आर्थिक अबस्था भएका विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्रि वितरण गरिएको उनले जनाए । उक्त अवसरमा लोटस फाउण्डेसन जर्मनी रैनर कुवेतबाट दुबै सामुदायिक विद्यालयको लागि जनही एक लाख ८ हजारको दरले प्राप्त भएको रकम समेत हस्तान्तरण गरिएको छ । कुवेतबाट दुबै विद्यालयलाई बार्षिक रुपमा २ लाख १६ हजार रुपैया का दरले सहयोग प्राप्त हुने भएको छ ।

हिमाल मिडिया प्रालिका संचालक दुर्गा हुमागाँइले उक्त रकम बराबरको चेक दुबै विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेका हुन् । कुमुदीनि होम्सले प्रतिक पौडेल र बिष्णु माया आलेलाई आवासिय सुविधा सहित पढाउदै आएको छ । बार्षिक रुपमा करिब ५ लाख ५० हजार मुल्य बराबरको आर्थिक भार विद्यालय बाटै व्यावस्थपन गरिएको बताइन्छ । पौडेल कक्षा ४ मा र आले कक्षा ३ मा अध्ययनरत छन्। विद्यालयले विगत ७ बर्ष देखि हिमालयनलाइ र बारहीलाइ विगत ४ बर्ष देखि शैक्षिक सामाग्रिको साथमा ३०/३० स्थान बिद्यालय पोसाक समेत सहयोग गर्दै आएको छ । हिमालयनमा हाल ३९ जना र वाराहिमा ५० जना बिद्यार्थीहरु रहेकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button