गण्डकी प्रदेशको प्रतिव्यक्ति आम्दानी ९ सय ४८ डलर !

दीननाथ बराल, पोखरा न्यूज – ९, जेठ । कृषि क्षेत्रले गण्डकी प्रदेशमा कुल ग्राहस्थ उत्पादनमा चालु आ.ब.मा २९.९४ प्रतिशत योगदान दिएको छ । केन्द्रिय तथ्याङ्क विभागले बिहिबार पोखरामा आयोजना गरेको प्रदेश स्तरीय राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक कार्यक्रममा उक्त तथ्याङक सार्वजनिक गरिएको हो ।

गण्डकी प्रदेशमा गैर कृषि क्षेत्रबाट ७०.०६ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको केन्द्रिय तथ्याङ्क विभागका निर्देशक इश्वरी प्रसाद भण्डारीले बताए । कृषि तथा वनले गण्डकी प्रदेशमा कुल ग्राहस्थ उत्पादनमा २९.९१ प्रतिशत योगदान दिएको उनले बताए । मत्स्यपालनमा यस क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ०.०३ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ भने कुल मुल्य अभिबृद्धि बार्षिक बृद्धिदरमा ७.६७ प्रतिशतले रहने प्रारम्भिक अनुमान गरिएको हो ।

खानी तथा उत्खननमा ०.८० प्रतिशत, उद्योगमा ३.२१ प्रतिशत, बिद्युत, ग्याँस तथा पानीमा २.८० प्रतिशत, निर्माणमा ११.४१ प्रतिशत, थोक तथ खुद्रा व्यापारमा ७.९९ प्रतिशत, होटल तथा रेष्टुरेण्टले ३.८७ प्रतिशत, यातायात तथा संंचार तथा भण्डारणले ५.७६ प्रतिशत, वित्तीय मध्यस्थताले ५.२३ प्रतिशत, रियल स्टेट तथा व्यवसायिक सेवामा ७.२६ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षाले ३.५२ प्रतिशत, शिक्षाले ७ं.२७ प्रतिशत स्वास्थ्यले ३.२३ प्रतिशत र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवाबाट यस क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ७.७४ प्रतिशत योगदान दिएको सार्वजनिक गरिएको तथ्याङकमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन ९ सय ४८ अमेरीकी डलर रहेको छ । प्रदेश सरकारले भने आगामी ५ बर्षमा दोब्बर भन्दा पनि बढी २ हजार ५ सय भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ । आर्थिक केही प्रमुख आर्थिक सुचकहरुको अबस्था मध्य स्थिर मुल्य अनुसार कुल ग्राहस्थ उत्पादन बृद्धिदर आधारभुत मुल्यमा ७.०६ प्रतिशत रहेको निर्देशक भण्डारीले बताए । चालु मुल्य अनुसार कुल ग्राहस्थ उत्पादन आधारभुत मुल्यमा २ खर्ब ७५ अर्ब ९७ करोड ९० लाख, चालु मुल्य अनुसार कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मुल्यमा २ खर्ब ८८ अर्ब २० करोड ७० लाख रहेको उनले जनाए ।

गण्डकी प्रदेशले कुल ग्राहस्थ उत्पादनमा २ खर्ब ८८ अर्ब २० करोडको योगदान दिएको छ । गण्डकी प्रदेशले कुल ग्राहस्थ उत्पादनमा ७.०६ प्रतिशत योगदान दिएको निर्देशक भण्डारीले बताए । त्यसै गरी सवै भन्दा बढी प्रदेश नम्बर ३ ले १४ खर्ब ३२ अर्ब ७५ करोडको योगदान दिदा कर्णाली प्रदेशले भने १ खर्ब १९ अर्ब २५ करोडको योगदान दिएको छ । त्यसै गरी प्रदेश नम्बर २ ले ४ खर्ब ४४ अर्ब ४९ करोड, प्रदेश नम्बर ५ ले ५ खर्ब ५२ अर्ब ७९ करोड र सुदुर पश्चिम प्रदेशले २ खर्ब २० अर्ब ९५ करोडको योगदान दिएको छ ।

हालसम्म प्राप्त अनुमानहरुको अध्ययन गर्द चालु आर्थिक बर्ष २०७५/७६ आर्थिक विकासका हिसावले निकै उत्सजनक प्रगति भएको भण्डारीले जनाए । अनुकुल मौसम हुदा कृषि उत्पादनमा बढोत्तरी भएको, पुन निर्माणका कार्यले गति लिएको, उर्जा उत्पादन बढ्दै गएको, बैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स उत्पादन क्षेत्रमा लगानी हुन थालेको, राजनीतिक स्थिरता देश उन्मुख भएको, बन्द हड्ताल जस्ता कार्यक्रममा आएको कमी र सरकारले लिएको उत्पादनमुलक नीति कार्यान्वयन पक्षमा सुधार हुनुले देशको अर्थतन्त्र सुधारउन्मुख भएको निर्देशक भण्डारीले जनाए ।

चालु आर्थिक बर्षमा सेवा क्षेत्रले ५२ प्रतिशत कुद ग्राहस्थ उत्पादनमा योगदान दिएको उनले अनुमान गरेका छन्। अघिल्लो बर्षको तुलनामा भन्दा चालु आ.ब.मा यस क्षेत्रको कुल मुल्य अभिबृद्धि बुद्धिदर ६.७१ प्रतिशत हुने निर्देशक भण्डारीले जनाए । सेवा क्षेत्र अन्र्तगत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेण्ट, यातायात, संचार र भण्डारण, वित्तिय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, सवास्थ्य र अन्य सामुदायिक, समाजिक तथा व्यक्तिगत सेवा पर्दछन्।

गण्डकी प्रदेशको निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले सहि तथ्याङक संकलनमा नयाँ प्रविधि र दक्ष जनशक्ति आवश्यक भएको बताए । गण्डकी प्रदेशमा सुर्य टोवाटो, हंशी सिमेन्ट जस्ता अबौं लगानीका उद्योगहरु रहेको बताउदै उनले प्रदेशले उत्पादन हुने कृषिलाइ भन्दा सेवा मुलक क्षेत्र पर्यटनलाई विकासको पहिलो आधार बनाउदा विकास गर्न धेरै मेहेनत गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा केन्द्रिय तथ्याङ्क विभागका तथ्याङक अधिकृत अवदेश कुमार शुक्ला, तथ्याङ्क कार्यालय पोखराका प्रमुख जगु बस्याल लगायतले देशमा अझै पनि प्रभावकारी ढंगले विभिन्न बिषयमा सत्य तथ्य तथ्याङक संकलन हुन नसकेको गुनासो गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button