पर्यटकको रोजाइमा मनाङ

पोखरा न्यूज -११, जेठ । मनाङमा विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । पछिल्ला समयमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ आउने गरेका छन् ।

काठमाडौँ, हेटौँडा, चितवन पोखरालगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ घुम्ने कार्यक्रम बनाएर आउन थालेका हुन् । यहाँ आउने विद्यार्थी मनाङका गाउँका मौलिक पराम्परा, रीतिरीवाजलगायत हिमाली भेगको वस्तुस्थिति अनुसन्धान गर्ने गरेको बताउँछन् ।

सरकारले मौलिक पुरातात्विक वस्तुको जगेर्ना गरेमा आन्तरिक पर्यटकको वृद्धि हुने एड्भान्स कलेजका विद्यार्थी विप्लव पौडेलले बताए । मनाङको माथिल्लो भेगमा रहेका भ्राका, ङाओल, मनाङ र खाङ्सार महत्वपूर्ण गाउँ हुन् । यिनै गाउँको राम्रो संरक्षण गर्नसक्ने हो भने मनाङ विद्यार्थीका लागि अध्ययन केन्द्र बन्ने अर्की विद्यार्थी मेलिना गौतमले बताए ।

विद्यार्थीहरु ऐतिहासिक, पुरातात्विक महत्वको अध्ययन गर्दै तिलिचो ताल पुगेर फर्कने गरेका शिक्षक यमप्रसाद तिमल्सेनाले बताए । मनाङ घुम्नेमात्र होइन पछिल्लो समयमा अध्ययन गर्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । यहाँ आउने पर्यटकको आकर्षणमा हिमाल र हिमतालबाहेक यहाँका पुराना बस्ती पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button