गोरखामा गाडीबाट सामान झार्ने क्रममा १ को मृत्यु

पोखरा न्यूज – १२, जेठ । गोरखामा गाडीबाट सामान झार्ने क्रममा आज लडेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

बा३ख २५८३ नंको स्वराज गाडीमा काम गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको विशालनगर बस्ने ५० वर्षीय विष्णु श्रेष्ठको मृत्यु भएको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।

गम्भीर घाइते अवस्थामा आरुचनोटे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो । चालकसहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button