फेवाताल किनारामा राष्ट्रिय विच भलिबल प्रतियोगिता हुने

पोखरा न्यूज – १३ जेठ । फेवातालको किनारामा आउदो असारको पहिलो हप्ता राष्ट्रिय विच भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनमा असार ५ देखि ७ गतेसम्म ६ औ महिला तथा ७औं राष्ट्रिय पुरुष विच भलिबल प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा महिलातर्फ २० र पुरुषतर्फ २० गरी ४० टिमको सहभागिता हुने भएको संघ कास्कीका अध्यक्ष भीम पराजुलीले बताए । प्रतियोगितामा तीन विभागिय (नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको एपिएफ) सहितका सातै प्रदेशबाट खेलाडीहरु सहभागि हुने भएको उनले जनाए । प्रतियोगितामा महिला तथा पुरुष विजेता टिमलाई ३०/३० हजार, उपविजेता टिमलाई २०/२० हजार र तेश्रो हुनेलाई १०/१० हजार पुरस्कार प्रदान गनिरे भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २२ लाख खर्च लाग्ने संघले जनाएको छ । उक्त प्रतियोगिता आयोजना गर्न नेपाल भलिबल संघले १ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको अध्यक्ष पराजुलीले बताए । उक्त प्रतियोगिता बाराही चोकमा रहेको नेपाल ट्रसको जग्गामा केही बर्ष अघि निमार्ण गरिएको बिच भलिबल कोर्टमा हुने भएको होे ।

गण्डकी प्रदेशका सांसद राजिव पहारीले राज्यले खेलकुद क्षेत्रमा न्युन लगानी गरेको बताए । फरक प्रासङ्गमा उनले पोखरामा पर्यंटनको बसाई अवधि लम्वाउन हिमागृह र रत्न मन्दिरलाई आम जनता तथा पर्यटकहरुको लागि खुल्ला गर्नुपर्ने बताए । उनले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही जेठ २४ गते आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको अवसरमा प्रदान गरिने उत्कृष्ट पत्रकारिता पुरस्कार स्वरुप २० हजार सहयोग गर्ने वचन दिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखराको पर्यटनसंगै खेलकुदको विकासको लागि यस्ता प्रतियोगिता निरन्तर आवश्यक भएको बताए । उनले बिच भलिबल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने जनाए । पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न ५० हजार सहयोग गर्ने राखेप सदस्य गुरुङले जनाए ।

उक्त प्रतियोगिताबाट साउथ एसियन गेम्सको लागि समेत छनौट हुने भएको नेपाल भलिबल संघका उपाध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङले बताए । पोखरा महानगरपालिकाका बरिष्ठ कानुन अधिकृत नारायण शर्माले बिच भलिबल प्रतियोगिता सफल पार्न महानगरले सयहोग गर्ने जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button