आर्थिक सुरक्षाको लागि बीमा अनिर्वाय: मन्त्री गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – १३ जेठ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जनताको आर्थिक सुरक्षाको लागि बीमा अनिर्वाय रहेको बताए । नेपाल बीमक संघको आयोजना पुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यबस्थापनमा पोखरामा सोमबार भएको प्रदेश स्तरिय लघु बीमा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा वोल्दै मन्त्री गुरुङले जनताको आर्थिक रुपमा सुरक्षित गर्न बीमा अनिर्वाय रुपमा गर्नुपर्ने बताएका हुन्।

सुख नेपाली र समृद्ध नेपाल हासिल गर्न सवै चिजमा बिमा हुन आवश्यक भएको बताउदै मन्त्री गुरुङले आर्थिक जोखिमबाट बच्न बीमा हुनुपर्नेमा जोड दिए । उनले भने “ व्यक्तिको जिवन र व्यवसाय उनीहरुको सवै कुरा सुचिश्चित गर्ने ढंगले सवै कुराको बिमा गराउनु पर्छ, पछि हुने घटना वा दुर्घटनाबाट आर्थिक रुपमा सुरक्षित हुनको लागि पनि बिमा आवश्यक छ, यसले हामीलाई आर्थिक सुरक्षा प्रदान गर्छ ।” विदेशमा धेरै क्षेत्रको बीमा हुने गरेको उनले बताए ।

बीमा कम्पनीले सरल ढंगले बिमा भुक्तानी रकम दिन आग्रह गर्दै मन्त्री गुरुङले बीमा गराउदा जति सहज ढंगले गराइन्छ बिमा भुक्तानी गर्दा पनि विना झनझट, छिटो छरितो र पारदर्शी ढंगले बीमा रकम भुक्तानि गर्न आग्रह गरे । बिमा कम्पनीहरु अझै पनि जनता माझ पुग्न नसकेको दाबी गर्दै मन्त्री गुरुङले बीमासचेतना आवश्यक भएको जनाए ।

उनले भने “ म एउटा दुर्घटनामा परेर पनि बिमाको भुक्तानि रकम प्राप्त गर्न सकिन, पहिला घाइते भएर हस्पिटलमा उपचारमा लागियो, पछि भुक्तानि रकम दाबी गर्दा फम नभरेको र हस्ताक्षर नगरेको लगायका कारणले गर्दा रकम दिन आनाकानी गरे पछि मैले बीमा दाबी भुक्तानी रकम लिन सकिन, वास्तविक पिडित भएको अबस्थामा कम्पनीले छिटो छरितो ढंगले बीमा दाबी भुक्तानी गर्नु पर्छ । ” बीमा दाबी रकम भुक्तानी गर्दा केही कम्पनीले दृर्घ रोग लागेको, रक्सि खाएको जस्ता कारण देखाएर रकम दिन नखोज्नु बीमा प्रति विश्वास घटेको मन्त्री गुरुङले बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले देशमा धेरै बीमा कम्पनीहरु भए पनि हाल बिमा सम्बन्धि सचेतना करिब ५ प्रतिशत मात्र भएको दाबी गरे । बिमा कम्पनी तथा बिमा अभिकर्ताहरुले बुझाउन नसक्दा बीमा गराउन धेरै सम्मया भएको बताउदै मेयर जिसीले अब जनताले नै बीमा अभिकर्ता खोज्ने वातावरण बनाउनु पर्ने जनाए ।

बिमक संघका बिमा दाबी प्रमुख नारायण पराजुलीले बिमामा विभिन्न सर्त हरु हुने भएकोले उक्त सर्त अनुसार नियमहरु पलनका गरेको खण्डमा कुनै पनि बिमा दाबी भुक्तानी रकम दिन कम्पनीले ढिला सुस्ती गर्न नहुने बताए ।

नेपाल बिमक संघका कार्यक्रम संयोजक कल्पना निरौलाले आय आर्जनको कम्तिमा १० प्रतिशत रकम बीमामा लगानी गर्दा जोखिमबाट बच्न सकिने दाबी गरिन । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा च्याप्टरका अध्यक्ष केशव ढकालले हाल बजेट निर्माणको समय भएकोले बिमालाई समेत समेट्न आग्रह गरे । सरकारले सवारी साधनमा लगाएको बिमा अनिवार्य प्राधानले हाल निकै प्रभावकारी भएको उनले जनाए ।

कार्यक्रममा सहभागिहरुले अझै पनि निर्जिवन बीमा कम्पनीहरुले बिमा दाबी रकम भुक्तानि गर्दा ढिला सुस्ती, बढी झन्झटीलो र सकभर दिन नखोज्ने तर दिए पनि कम मुल्याङकन गरी दिने गरेको गुनासो गरेका छन्। पुडिन्सियलका नायव महाप्रवन्धक उज्वल ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पुडिन्सियल कम्पनीका प्रबन्धक राजेस श्रेष्ठले स्वागत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button