मुस्ताङमा एक तीर्थयात्रीको मृत्यु

पोखरा न्यूज – १३ जेठ ।  मुस्ताङको मुक्तिनाथ मन्दिरमा यात्रुवाहक बसबाट दर्शन गर्न जाँदै गर्दा बेहोस भएका एक भारतीय महिलाको मृत्यु भएको छ ।भारतको बङ्गलोर बस्ने ६५ वर्षीया एल चुडामणिको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पोखराबाट मुक्तिनाथ गइरहेको बसमा यात्रा गरिरहेकी उनी बेनी–जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित माथिल्लो घाँसामा अचानक बेहोस भएका थिए  । पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उहाँलाई भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button