पोखराबाट बुटवल जाँदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा न्यूज – १४ जेठ । पोखराबाट बुटवल तर्फ  जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सिद्वार्थ राजमार्ग अन्तर्गत स्याङजाको पुतली बजार नगरपालिका-१ मा मंगलबार पोखराबाट बुटवल जाँदै गरेको ना ४ ख २३२२ नम्बरको बसले ठक्कर दिँदा एक  पैदल यात्रीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी  गोबिन्द पुरीले जानकारी दिए ।

दुर्घटनामा परि मृत्यु हुनेमा पुतली बजार नगरपालिका १३ लामपाटाका  करिव ७२ बर्षीय मन बहादुर दमाई रहेको प्रहरी प्रवक्ता पुरीले जनाएका छन्  । बसको ठक्करबाट गम्भीर घाइते भएका दमाईको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले उल्लेख गरेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button