यस्तो छ पोखरा महानगरको २ बर्षिय उपलब्धी !

दीननाथ बराल, पोखरा न्यूज – १४ जेठ । पोखरा महानगरपालिकाले संघ, प्रदेश र निजी साझेदारीमा विभिन्न योजनाहरु छनौट गरेको छ । महानगरपालिलाई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने तथा स्मार्ट सिटिको रुपमा विकास गर्दै जाने क्रममा संघ, प्रदेश र निजी क्षेत्रसंगको सहकार्यमा विभिन्न योजना छनौट गरी केहीको निर्माण कार्य समेत अघि सारिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै महानगरका मेयर मान बहादुर जिसीले बताए ।

पोखरा महानगरले केन्द्रीय सरकारसँगको साझेदारीमा ४ वटा योजना अगाडि बढाएको छ । उक्त योजनामा महानगरले १५ करोड ६८ लाख र केन्द्रीय सरकारले ११ करोड ४५ लाख विनियोजन गरेका छन् । उक्त योजनामा विजयपुर कालिका हुँदै बेगनास सडक, बैदाम पामे घाँटछिना सडक, घाँटछिना दमदमे सिदाने सडक र मोहरिया लामस्वारा स्याङखुदी आनन्दज्योति लप्सीडाँडा सडक रहेका छन् । सिर्जनाचोकमा अत्याधुनिक आकाशेपुल निर्माणको लागि काम अगाडि बढाइएको मेयर जिसीले जनाए । साथै ७ स्थानमा पक्की मोटेरेबल पुल निर्माणको लागि बोलपत्र आह्वान गरी निर्माण कम्पनी छनोट प्रक्रिया समेत सम्पन्न गरिएको महानगरले जनाएको छ ।

त्यसै गरी गण्डकी प्रदेश सरकारसँग मिलेर महानगरले ९ वटा योजना अगाडि बढाएको छ । उक्त योजनाको सम्झौता भई काम समेत सुरु भएको मेयर जिसीले जनाए । ड्यामसाइडमा माछापुच्छ्रे प्रतिविम्ब पार्क निर्माणको काम सुरु भएको छ । उक्त योजनाका लागि महानगरले १२ करोड ५६ लाख र प्रदेश सरकारले ४ करोड ६० लाखको लागत साझेदारीमा काम हुने भएको मेयर जिसीले जनाए । उक्त योजनाहरुमा सुइखेत खोला नियन्त्रण, स्मार्ट शौचालय निमार्ण, लेखनाथ साना सहरी खानेपानी आयोजना, आर्बा मौजा कुलायन मार्ग, काहुँखोलादेखि र्यालेचौर अतिघर सडक, जनचेतना चिलाउने खर्क-बस्पनी तिलाहर शिवालय सडक, भलाम र्यालेचौर बिसौना मौजा सिक्लेस सडक, संगम नगर दुम्रीखेत सोती सडक र माछापुच्छ्रे प्रतिविम्ब पार्क रहेका छन्।

पोखरा महानगरपालिकाले कार्यालयबाट सबै वडाहरुको केन्द्रसम्म जोड्न २७ वटा पहुँच मार्ग अर्थात कनेक्टिङ सडक योजना ल्याएको छ । मेयर जिसीले आगामी एक बर्ष भित्र महानगरको कार्यालय देखि ३३ वटै वडामा सहज रुपमा जाने आउने वातावरण सृजना गर्न उक्त योजना छनौट गरिएको बताए । आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने करिब १ अर्ब १६ करोडको लागतमा उक्त योजना अघि सारिएको उनले जनाए । उक्त रकम बराबरको टेण्डर भई योजना अघि बढेको मेयर जिसीले बताए ।

उक्त योजनामा परेका सडकहरुमा शिवालय बतासे मनिपाल सडक, पामेदेखि २४ नं. वडा कार्यालय जोड्ने सडक, छोरेपाटनदेखि वडा नं. २१ जोड्ने सडक, खराने राखीडाँडा सडक वडा २६, झाझरमारे देउमाणी ओख्ले सडक २८, स्यांङखुदी कँडेल गाउँसडक २८, लेखनाथ शिरोमणि मार्ग, रतिखहरेघाट निर्मलपोखरी मार्ग, घार्मीखोला जुम्लेटी ढिकीडाँडा तितेपानी मार्ग वडा १९, आपकुना चिलिमेडाँडा गुन्टेचौर सेरा मार्ग वडा २४, कुलायन मौजा सडक वडा २०, खपौदी देखि १८ नं. वडा सम्मको मार्ग, अमलाबेसी तल्लाथर घार्मी सडक वडा १९, ठूलाखेत चैनपुर हर्पन पञ्चासे सडक २३ रहेकाछन्।

त्यसै गरी विजयपुर सुर्केमैदान सडक २८, देउराली कमेरेगुण्डा, १८ वडा मार्ग, मनिपाल मौजा बिसौना सडक २०, ३३ नं. वडादेखि ठूल्ढुंगा सडक, कात्रे बाम्दी घाटछिना सडक, चितेपानी रैकर माछापुच्छ्रे सडक, खत्री पहिरो खोलाबेसी बेत्यानी सौर्य सडक, महेन्द्रगुफा अर्मलाकोट मौजा सडक र तिलाहार काउलेपानी तारेभिर सडक रहेका छन्।

स्थानीय तहका कर्मचारीहरुको एवं संघबाट आउने कर्मचारीहरुको समायोजन प्रक्रिया सम्पन्न मेयर जिसीले जनाए । महानगरपालिकाको कार्यालय सहित ३३ वटै वडाहरुमा विद्युतीय हाजिरी लागू गरिएको, महानगर र वडा कार्यालयहरुको आन्तरिक व्यवस्थापनमा सुधार गरी वडा कार्यालयबाट नै छिटो छरितो सेवा प्रवाहको लागि वडा कार्यालयको संगठन संरचना र भौतिक पूर्वाधारमा सुधार गरिएको उनले जनाए । सार्वजनिक निजी साझेदार सम्बन्धी विधि निर्माण गरी सार्वजनिक निजी साझेदारी गर्न आशय पत्र माग गरी ५ वटा योजना अघि बढाइएको महानगरले जनाएको छ । सराङकोट पूर्वाधार विकास, सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास, पाताले छाँगोमा सिसाको पुल निर्माण, बेगनास एवं फेवा तालमा वाटर स्पोर्टस् सञ्चालन र डिजिटल होर्डिङ बोर्ड व्यवस्थापन रहेका छन्।

न्यायिक समितिमा परेका २५ वटा उजुरी मध्ये ३ वटाको फैसला भइसकेको छ भने बाँकी २२ वटा उजुरीहरुको निरुपण गर्ने कार्य भईरहेको उपमेयर मन्जुदेवि गुरुङले बताइन् । हालसम्म नागरिकहरुबाट २ सय ५७ वटा ठाडो उजुरी परेकोमा २ सय २ वटा उजुरीको फछ्र्यौट भई ५५ वटा उजुरीको सुनुवाइको क्रममा कारवाही प्रक्रिया अगाडि बढाइएको उनले जनाइन ।पोखराका पृथ्वीचोक, अमरसिंहचोक, जिरोकिमी, बिरौटाचोक, हरिचोक र मुस्ताङचोकका आइल्यान्डलाई घटाई ट्राफिक व्यवस्थापनमा सहज बनाउने र सौन्दर्यीकरण गरिएको, सराङकोटमा जग्गा व्यवस्थापन गरी राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माणको काम अघि बढाइएको महानगरले जनाएको छ ।

साथै १० स्थानमा खुल्ला क्षेत्र संरक्षण तथा पार्क निर्माणको लागि बोलपत्र आह्वान गरिएको मेयर जिसीले प्रस्तुत गरेको कार्य प्रगती विवरणमा उल्लेख छ । विगत २ वर्षमा उपभोक्ता समिति मार्फत् ३९ किमी कच्ची सडक निर्माण, पक्की सडक २ सय २५ किमी निर्माण तथा रिसोलिङ , ७३ किमी ढलान र २० किमी नयाँ सडकको ट्र्याक निर्माण, ६५ किमी नाली निर्माण गरिएको मेयर जिसीले जनाए । त्यसै गरी पूर्वाधार निर्माण कार्यक्रममा चालु आर्थिक वर्षमा करिब २ अर्ब ४३ करोड लागतका १ सय ४७ वटा योजनाहरुको टेन्डर गरी काम अगाडि बढाइएको उनले जनाए । मेयर नमुना पूर्वाधार योजना अन्तर्गत मुख्य सहरी सडक अस्फ्लान्ट कंक्रिट गने प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै इन्जिनियर व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि गुणस्तर मापन प्रयोगशाला सञ्चालनको लागि पूर्वाधार तयार गरिएको मेयर जिसीले जनाए । एक वडा एक खेल मैदान अन्तर्गत २१ स्थानमा पहिलो चरणमा खेल मैदान निर्माणको काम सुरु गरिएको, १५ स्थानमा सार्वजनिक शौचालय निर्माण सुरु गरिएको छ । खुल्ला व्यायामशाला निर्माण कार्यलाई अगाडि बढाइएको, हामी बनाउँछौं हाम्रो महानगर कार्यक्रम सञ्चालन गरी भित्री तथा साना सडक निर्माण तथा खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको , सहरी सडक सञ्जालमा धुले सडक लगभग २५ प्रतिशतमा सीमित गरिएको, खानेपानी लाइन विस्तार १ सय १० किमी गरिएको मेयर जिसीले पेश गरेको कार्य प्रगती विवरणमा उल्लेख छ ।

पोखरा महानगरले विभिन्न वडाहरुमा इन्जिनियर एवं जुनियर इन्जिनियरहरु व्यवस्थापन गरी वडास्तरीय योजनाहरुको लागत स्टीमेट गर्ने, संझौता एवं कार्य सम्पन्न प्रतिवेदन तयार पार्ने काम गरेको छ । आगामी आर्थिक वर्षमा योजना तर्जुमा गर्दा बजेटले कार्यक्रम माग्ने भन्दा कार्यक्रमले बजेटको माग गर्नेे परिपाटी बसाउन आगामी आर्थिक वर्षको लागि प्रस्तावित योजनाको लागत स्टीमेट गरी सो आधारमा योजना तथा बजेट प्रस्ताव गर्ने पद्धतिको थालनी गरेको छ । वडाबाट माग भए अनुरुप चालु आर्थिक वर्षमा ७ वटा वडा कार्यालय भवन निर्माण, ३ विद्यालय भवन, पुम्दीकोट महादेव मन्दिर, सराङकोट शिव मन्दिर भवन निर्माण लगायत २४ वटा भवन बोलपत्र आह्वान गरी काम सुरु गरिएको महानगरले जनाएको छ । आगामी आर्थिक वर्षमा जग्गाको व्यवस्थापन गरी करिब ८ वटा वडा कार्यालय भवन निर्माणको कार्य थालनी गर्ने योजना रहेको छ ।

पोखरा महानगरले केन्द्रीय सरकारसँगको साझेदारीमा ४ वटा योजना अगाडि बढाएको छ । उक्त योजनामा महानगरले १५ करोड ६८ लाख र केन्द्रीय सरकारले ११ करोड ४५ लाख विनियोजन गरेका छन् । उक्त योजनामा विजयपुर कालिकाहुँदै बेगनास सडक, बैदाम पामे घाँटछिना सडक, घाँटछिना दमदमे सिदाने सडक र मोहरिया लामस्वारा स्याङखुदी आनन्दज्योति लप्सीडाँड सडक रहेकाछन् । सिर्जनाचोकमा अत्याधुनिक आकाशेपुल निर्माणको लागि काम अगाडि बढाइएको मेयर जिसीले जनाए । साथै ७ स्थानमा पक्की मोटेरेबल पुल निर्माणको लागि बोलपत्र आह्वान गरी निर्माण कम्पनी छनोट प्रक्रिया समेत सम्पन्न गरिएको महानगरले जनाएको छ ।

स्थानीय तहका कर्मचारीहरुको एवं संघबाट आउने कर्मचारीहरुको समायोजन प्रक्रिया सम्पन्न मेयर जिसीले जनाए । महानगरपालिकाको कार्यालयसहित ३३ वटै वडाहरुमा विद्युतीय हाजिरी लागू गरिएको, महानगर र वडा कार्यालयहरुको आन्तरिक व्यवस्थापनमा सुधार गरी वडा कार्यालयबाट नै छिटो छरितो सेवा प्रवाहको लागि वडा कार्यालयको संगठन संरचना र भौतिक पूर्वाधारमा सुधार गरिएको उनले जनाए । न्यायिक समितिमा परेका २५ वटा उजुरी मध्ये ३ वटाको फैसला भइसकेको छ भने बाँकी २२ वटा उजुरीहरुको निरुपण गर्ने कार्य भईरहेको उपमेयर मन्जुदेवि गुरुङले बताइन् । हालसम्म नागरिकहरुबाट २ सय ५७ वटा ठाडो उजुरी परेकोमा २ सय २ वटा उजुरीको फछ्र्यौट भई ५५ वटा उजुरीको सुनुवाइको क्रममा कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जनाइन ।

५० महिला उद्यमी, ५ सय महिला रोजगार अन्तर्गत ७ वटा उद्योग सञ्चालन गरी ४४ जनालाई रोजगारी प्रदान गरिएको महानगरले जनाएको छ । मुख्य चोक पृथ्वीचोक, हल्लनचोकदेखि राष्ट्रबैंक चोक, जिरोकिमी, सिर्जनाचोक, सभागृहचोक, बिरौंटाचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक लगायतमा सिसिटिभी क्यामरा जडान गरिएको, बाराहीघाट, पोखरा विमानस्थल, गण्डकी अस्पताल, बेगनासताल, सराङकोट, डेभिजफल, विन्ध्यवासिनी मन्दिर, मालेपाटन बगैचा, लेखनाथ सामुदायिक अस्पताल, बाटुलेचौर, शान्ति स्तूप लगायत महानगरका १५ स्थानमा फ्रि-वाइफाईको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

१० हजार पुराना घर नक्सा, घर सम्पन्नको कागजात समेतलाई अमुमति दिइएको, घरनक्सा पेश गर्ने र स्वीकृति दिने कार्यलाई अनलाइ पद्धतिमा लगिएको, १ हजार स्क्वायर फिट प्लिन्थ एरिया र कुल ३ हजार स्क्वायर फिट सम्मको घरनक्साको सबै कार्य सम्बन्धित वडाहरु बाटै हुने गरेको, घर नक्सा ड्रोइङ/डिजाइन कार्यविधि अनुसार २९ वटा व्यक्ति वा फर्मसँग सम्झौता गरी कार्य अगाडि बढाइएको महानगरले जनाएको छ ।

जनप्रतिनिधिले जिम्मेवारी सम्हाले पछिको पहिलो निर्णय अनुसार पोखरा महानगरपालिका भित्रका ज्येष्ठ नागरिकालाई नेपाल सरकारले दिएको सामाजिक सुरक्षा भत्तामा १० प्रतिशत थपेर वितरण गरिएको, प्रमुखको संयोजकत्वमा बनेको अपांगता परिचयपत्र वितरण समितिबाट अहिले सम्म १ सय ३५ जनालाई परिचयपत्र वितरण गरिएको, ज्येष्ठ नागरिक, एकल महिला, ज्येष्ठ दलित नागरिकहरुलाई परिचयपत्र वितरण एवं सामाजिक सुरक्षाको व्यवस्थालाई थप सुदृढ गरिएको , महिलाहरुको क्षमता विकासको लागि महिलासँग उपमेयर कार्यक्रम, बालमैत्री कार्यक्रम, आय आर्जनका कार्यक्रमसहित लक्षित वर्गको सशक्तीकरण एवं क्षमता विकासका कार्यक्रमहरु सञ्चालित गरिएको, साना सहरी, बेगनास, भरतपोखरी, माझठाना, लगायतका आयोजनामा साझेदारी तथा अन्य साना खानेपानी आयोजनामा १२ करोड लगानी गरी कार्य अगाडि बढाइएको मेयर जिसीले जनाए ।

९८ वटा हाते ट्याक्टर वितरण गरी कृषिमा यान्त्रिकीकरण गर्ने एवं नयाँ प्रविधि भित्राउने कार्य गरिएको, ६० वटा स्थायी प्लास्टिक घर निर्माण, ४ सय ५० वटा अस्थायी प्लास्टिक घर निर्माण गरी बेमौसमी तरकारी खेती प्रवर्द्धन गरी तरकारी आयातलाई न्यूनीकरण गर्ने कार्य गरिएको, २ सय वटा भकारो सुधार, १ सय टन प्रांगारिक मल अनुदान वितरण गरी प्रांगारिक कृषिलाई प्रोत्साहन गरिएको, ४५० वटा माहुरी घार वितरण गरी मह उत्पादनलाई प्रोत्साहन गरिएको , ४० हजार फलफूल बिरुवा वितरण, सुन्तला बगैचा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी नेपाललाई फलफूल बगैंचा बनाउने प्रधानमन्त्रीको आह्वानलाई टेवा पुर्याउने कार्य गरिएको, लेखनाथमा कृषि बजार तथा कस्टम हायरिङ केन्द स्थापना र बिरौटामा किसान बजार स्थापनाको पहल गरी बिचौलियाहरुको शोषण अन्त्य गरी किसानहरुलाई सहज बजार पहुँच विस्तारको कार्य थालनी भएको मेयर जिसीले जनाए ।

 नेपालमै पहिलो पटक यस महानगरपालिकाले १० वटा पशुसेवा केन्द्र स्थापना एवं व्यवस्थापन गरी ९२ प्रकारका पशु सम्बन्धी औषधी नि:शुल्क वितरण गर्ने कार्य सुरु गरिएको, व्यवसायिक रुपमा दर्ता भएका सबै पशु व्यावसायिक फर्महरुलाई यसैबाट न्युनतम अनुदानको व्यवस्था गरिएको, १८ वटा व्यावसायिक दुग्ध संकलन केन्द्रमा मिल्क एनालाइजर मेसिन उपलब्ध गराइएको एवं १० स्थानमा चिलिङ भ्याट उपलब्ध गराई स्वस्थ दुध उत्पादन र उपभोगमा उल्लेख्य कार्य गरिएको, बाँझो जग्गालाई उपयोग गर्न १ हजार ७ सय ५३ रोपनी बाँझो जग्गामा उन्नतघाँस लगाए वापतप्रति रोपनी ३ हजार अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

पेश्की फरफारकको लागि ताकेता गरी पेश्की घटाउने कार्य गरिएको भुक्तानी प्रक्रियालाई छिटो छरितो र सरल बनाइएको, करिब २ करोड बराबर बेरुजुको संपरीक्षण एवं बेरुजु फछ्र्यौट गरिएको, शिक्षा नियमावली निर्माण गरी महानगरपालिकाबाटै मावि स्तरसम्मको शैक्षिक व्यवस्थापन गरिएको, शुक्रराज मावि, व्रह्मारुपा मावि, जनप्रिय मावि, महेन्द्र मावि भलाम र अम्बिका माविसहित ५ वटा माविमा प्राविधिक धारको शिक्षा सञ्चालन गरिएको, बालमैत्री शिक्षाको अवधारणाको अवलम्बन गरी धुलोमुक्त कक्षा सञ्चालनका लागि विद्यालयहरुमा ह्वाइटबोर्ड वितरण र बालमैत्री शिक्षण पद्धतिको अनुशरण गरिएको मेयर जिसीले जनाए ।

त्यसै गरी समुदायस्तरमै महिलाहरुको विशेष स्वास्थ्य समस्या जस्तैः पाठेघर मुखको क्यान्सर, स्तनको क्यान्सरको स्क्रिनिङ तथा उपचारको रेफर गर्ने गरिएको, निशुल्क औषधी तथा स्वास्थ्य सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता गरिएको, गर्भवती एवं सुत्केरी महिला तथा शिशुहरुको पोषण प्रद्र्धन एवं खोप सेवाको नियमितता गरिएको, स्वास्थ्य संस्थामा प्रसूति हुने आमा तथा जन्मिने बच्चाको स्वास्थ्य रक्षाको लागि न्यानो कपडा एवं यातायात खर्चको व्यवस्था गरिएको, वडा नम्बर ९ को पुरानो दमकल भएको ठाउँमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरी चिकित्सकसहित २६ वटा सेवा निशुल्क प्रदान गरिएको, वडा नम्बर ४ गणेशटोल, ९ को पूरानो वडा कार्यालय, १० को साविक वडा कार्यालय, २९ को भण्डारढिक र ३३ को लामगादीमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी १७ वटा सेवा निशुल्क प्रदान गरिँदै आएको, ५ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्ने योजना उने जनाए ।

आर्थिक ०७३/०७४ मा ३५ करोड आन्तरिक राजश्व उठ्ने गरेकोमा आर्थिक वर्ष ०७४/७५ मा ४९ करोड ५१ लाख संकलन भएको र चालु आर्थिक वर्षमा करिब २ अर्ब २६ करोड राजश्व संकलन लक्ष्य लिइएको र सोही अनुपातमा वैशाखसम्म १ अर्ब ४ करोड राजश्व संकलन भइरहेको, कर प्रणालीमा दर बढाउने भन्दा दायरा वृद्धि गर्ने गरी प्रगतिशील करको सिद्धान्त एवं करदातामैत्री कर प्रणालीको अवलम्बनको प्रयास गरिएको मेयर जिसीले जनाए ।

सटर भाडा वापत पूरानो रहेको वक्यौंता रकम मध्मे कुल १ करोड ६९ लाख उठेको र १ करोड ५६ लाख उठ्न बाँकी रहेको र बाँकी रकम उठाउनका लागि ताकेका गरिएको र यही आर्थिक वर्ष भित्र उठाउने लक्ष्य राखिएको छ भने महानगरपालिका भित्र प्रचार प्रसारका लागि विज्ञापन सामग्री राखे वापत वार्षिक २६ लाख आम्दानी हुने गरेकामा यस आर्थिक वर्षबाट विज्ञापनको आम्दानी १ करोड ६५ लाख पुर्याइएको महानगरले जनाएको छ । यस वर्ष पुराना होर्डिङ बोर्ड हटाइ डिजिटल तथा युनिपोल लाइट बोर्ड राख्ने कार्यका लागि आसयपत्र माग गरिएको र विज्ञापन वापतको वार्षिक आम्दानी ४ करोड पुर्याउने लक्ष्य राखिएको महानगरले जनाएको छ ।

पोखरा महानगरपालिकाले चालु आर्थिक बर्षको यही जेठ १३ गतेसम्म करिब ४९ प्रतिशत बजेट खर्च गरेको छ । महानगरले करिब साँढे १० महिनामा ४९.५ प्रतिशत मात्र विकास (पुंजीगत) बजेट खर्च गरेको महानगरले जनाएको छ । गत बर्ष पुंजीगत खर्च ७४.३८ प्रतिशत खर्च गरेको महानगरले यस चालु आर्थिक बर्षमा भने करिब ८० प्रतिशतसम्म खर्च हुने अनुमान गरेको छ । चालु आर्थिक बर्षको जेठ १३ सम्म १ अर्ब १९ करोड ४७ लाख ७२ हजार ४ सय ३९ रुपैया खर्च भएको छ भने चालु खर्च तर्फ १ अर्ब ६७ करोड ४८ लाख ७८ हजार ७ सय ३९ अर्थात ५३.५ प्रतिशत खर्च भएको मेयर जिसीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button