पोखरा महानगरको बजेट : १० महिनामा ५० प्रतिशत खर्च

दीननाथ बराल, पोखरा न्यूज- १४, जेठ । पोखरा महानगरपालिकाले चालु आर्थिक बर्षको यही जेठ १३ गतेसम्म अर्थात करिब साँढे १० महिनामा ५० प्रतिशत मात्र विकास (पुंजीगत) बजेट खर्च गरेको छ । गत बर्ष पुंजीगत खर्च ७४.३८ प्रतिशत खर्च गरेको महानगरले यस चालु आर्थिक बर्षमा भने करिब ८० प्रतिशतसम्म खर्च हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

चालु आर्थिक बर्षको जेठ १३ सम्म पुंजीगत खर्च ४९.५ प्रतिशत अर्थात १ अर्ब १९ करोड ४७ लाख ७२ हजार ४ सय ३९ रुपैया खर्च भएको पोखरा महानरपालिकाका मेयर मान बहादुर जिसीले बताए । चालु खर्च तर्फ १ अर्ब ६७ करोड ४८ लाख ७८ हजार ७ सय ३९ अर्थात ५३.५ प्रतिशत खर्च भएको उनले जनाए । बाह्यि आम्दानी तर्फ करिब ३ अर्ब ९१ करोड रहेकोमा हालसम्म प्राप्त आम्दानी २ अर्ब ७६ करोड रहेको छ । महानगरको आन्तरिक आम्दानी तर्फ २ अर्ब २६ करोड रहेकोमा चालु आर्थिक बर्षको वैशाखसम्म १ अर्ब ४ करोड आम्दानी गर्न सफल भयो । गत बर्ष महानगरले चालु खर्च भने ८७.३० प्रतिशत अर्थात २८ करोड १५ लाख ३८ हजार ८ सय ४९ रुपैया खर्च गरेको थियो । गत बर्ष कुल आन्तरिक आम्दानी ४९ करोड ५१ लख र कुल बाह्यि आम्दानी तर्फ २ अर्ब ५४ करोड रहेको थियो ।

असार मसान्तरसम्म अर्थात चालु आ.व.को बाँकी डेढ महिनामा थप ३० प्रतिशत गरी ८० प्रतिशतम्म पुंजीगत खर्च हुने भएको मेयर जिसीले जनाए । १५ महिने धेरै योजनाहरुको करम भुक्तानि गर्न बाँकी रहेको धेरै अधिकाशं योजनाहरुको टेण्डर भयर काम थालनी भएकोले चालु आ.व.मा ८० प्रतिशतको हाराहारीमा पुंजीगत खर्च हुने भएको उनले जनाए ।

देश संघियतामा गएकोले धेरै निती नियम तथा कानुन बनाउन समय खर्चिनु परेकोले पनि विगत दुई बर्षमा आफुहरुले सोचे अनुरुपको काम गर्न नसेकको तर सन्तोसजनक काम भएको मेयर जिसीले जनाए । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने तथा स्मार्टसिटीको रुपमा विकास गर्दै लैजाने अर्जुनदृष्टिसहित महानगरपालिकाले पूर्वाधार विकास र अन्य कार्यलाई अगाडि बढाएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button