पोखरामा एकैपटक ३ सवारीसाधन ठक्कर खाँदा ७ जना घाइते

पोखरा न्यूज – १५ जेठ । पोखरा महानगरपालिका- २६ विजयपुरमा सवारीसाधन दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । विजयपुरमा बुधबार माइक्रोबस, मिनीबस र बस ठक्कर खाँदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि रुपा गाउँपालिका – ५ कि १७ बर्षिया निकिता गुरुङ, पोखरा – ३२ कि ३० बर्षिया देवी भुजेल, अन्नपुर्ण गाउँपालिका- ३ बस्ने ४० बर्षिया सञ्जु गिरी, पोखरा – १२ कि ७५ बर्षिया मैया थापा घाइते भएका छन् । दुर्घटनामा परि थप घाइते हुनेहरुमा माछापुच्छ्रे गाउँपालिका-३ कि ५० बर्षिया मन कुमारी राना, २५ बर्षिया मिना शाही र २७ बर्षिया रिना शाही रहेको प्रहरीले उल्लेख गरेको  छ।

बिहान करिव ११ :३० बजे भएको दुर्घटनामा परि घाइते भएका सातै जनालाई उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

तालचोकबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ३९९१ नम्बरको माइक्रोले अगाडीको मोटरसाइकललाई जोगाउन अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेको ना ६ ख ३५४० नम्बरको मिनिबस र त्यसको पछाडी आइरहेको ना ५ ख २१८० नम्बरको बस ठोकिदा दुर्घटना भएको प्रहरी प्रवक्ता पुरीले जनाए ।

बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button