पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ८ अर्ब विनियोजन

पोखरा न्यूज – १५ जेठ । सरकारले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई रु आठ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई आठ अर्ब बजेट विनियोजन गरेको जनाएका हुन् ।

सन् २०२० को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तयार भइसकेको छ भने अन्य काम दुर्त गतिमा आगाडी बढिरहेको छ  ।

यस्तै सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमुख प्राथमकितामा राख्दै निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने जनाएको छ । हाल करिब ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको सो विमानस्थलका लागि मात्रै सरकारले रु तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा अगाडि बढाउने लक्ष्य राखिएको छ । अन्य केही विमानस्थललाई रात्रिकालिन उडान हुने गरी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । काठमाडौँ उपत्यका नजिकै अर्को आन्तरिक विमानस्थल निर्माण गरिनेछ भने धरहरा बनाउन रु एक अर्ब विनियोजन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button