पोखरामा १४ देशका ५ हजार युवा टेण्ट र त्रिपालमुनि !

पोखरा न्यूज – १६ जेठ । पर्यटकीय नगरी पोखरामा भोलि (शुक्रबार) देखि संचालन हुने प्रथम राष्ट्रिय रोभर मुट ( युवा सम्मेलन) कार्यक्रममा सहभागिहरुले टेण्ट र त्रिपालको भरमा ५ दिन विताउने भएका छन्।  नेपाल स्काउटको आयोजनामा फेवाताल किनारा कोमागाने पार्कमै खुल्ला आकास मुनि टेण्ट र त्रिपालको भरमा नेपाल सहित १४ देशका १६ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरुले ५ दिन बिताउने भएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कार्यक्रममा विदेशी ५ सय सहित ५ हजार जनाको सहभागिता हुने भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए । उनका अनुसार सहभागिबाट प्रति व्यक्ति ३ हजार ५ सयका दरले शुल्क लिइएको छ भने उक्त रकम बाटै उनीहरुलाई टेण्ट र त्रिपालमा आवासिय सहितको सुविधा उपलब्ध गराइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा बिभिन्न जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवतीले एउटै नारा एउटै उद्धेश्यका साथ एकै थलोमा सांस्कृतिक आदान-प्रदान, भातृत्व भगिनित्व विकास गर्दै समृद्ध नेपाल सुखी नेपालीको महा अभियानमा सक्रिय युवाहरुको सक्रियता रहने आफुहरुले विश्‍वास लिएको भण्डारीले जनाए । कार्यक्रममा नेपाल सहित, भारत, वंगलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरीका, बेलायत, मलेसिया, थाईल्याण्ड, युगाण्डा, ताइवान, इजिप्ट र लग्जमवर्ग गरी १४ देशका प्रतिनिधि सहभागि हुने भएको संयोजक भण्डारीले दाबी गरे । कार्यक्रममा नेपालका ७ प्रदेश भित्रका ७ सय ५३ स्थानीय तहका युवा युवतीको सहभागिता रहने उनले जनाए ।

युवा केन्द्रित जमघट भएकोले उक्त कार्यक्रमलाई आफुहरुले ऐतिहासिक कार्यक्रमको रुपमा लिएको संयोजक भण्डारीले बताए । पोखरामा हुने उक्त कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उनले दाबी गरे । ५ हजार जना युवाहरुलाई भने कोमागाने पार्कमै टेण्टमै व्यबबस्थापन गरिने भएको छ । युवा लक्षित विभिन्न छलफल, गोष्ठी, अन्तक्रिया सहितका सहासिक खेल गतिविधि रक  क्लाइम्बिङ, आमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, ब्याम्बो वाल्क, टायल वाल, आर्चरी, याफ्ट बोटिङ, वाटर साइक्लिङ जस्ता खेलहरु सहभागि गराइने भएको संयोजक भण्डारीले जनाए ।

युवा युवतीहरूको शारीरिक, बौद्धिक, सामाजिक एवम् संवेगात्मक पक्षहरुको विकास गराई उनीहरुमा रहेको क्षमता प्रस्फुटन गराएर चरित्रवान् नागरिक बनाई समाज विकासको अभियानमा सरिक गराउने उदेश्यकले कार्यक्रमको आयोजना गरेको बताइएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न एक करोड २५ लाख खर्च लाग्ने भएको आयोजक नेपाल स्काउटले जनाएको छ । कार्यक्रममा ६ जना चिकित्सक सहितको टोली र एउटा एम्वुलेन्स सेवा तयारी अबस्थामा रहने भएको छ ।

यसै बिच उक्त कार्यक्रमको उद्घाटन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा विश्व स्काउट संगठनका महासचिव अहमद राफी मोहम्मद अल्देन्दावी लगायतकाको सहभागिता हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button