पोखरामा अवैधानिक रूपमा निर्माण भएको होटलको प्रम ओलीले उद्घाटन गर्ने !

पोखरा न्यूज – १६, जेठ । पोखरामा अवैधानिक रूपमा निर्माण भएको एक होटलको प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको छ ।

पोखराको लेकसाइडमा मापदण्ड विपरीत निर्माण भएको स्विस इन्टरनेश्नल होटल सरोवरको प्रधानमन्त्री ओलीबाट यही जेठ १८ गते शनिबार उद्घाटन गर्ने तयारी गरिएको हो । जनवरी १० तारिख देखि सफ्ट ओपनिङ् गरिएको उक्त होटलको उद्घाटन प्रधानमन्त्रीबाट गर्ने तयारी गरिएको होटलका अध्यक्ष प्रा.डा. भरतराज पहारीले बताए ।

पोखराको लेकसाइडमा भुईँ तला सहित १० तले उक्त होटलले पोखरा महानगरपालिकाबाट तीन तला भन्दा माथिको तलाको मान्यता नै नलिई सञ्चालन भएको अवस्थामा प्रधानमन्त्रीले नै उक्त होटल उद्घाटन गर्ने कुरा बाहिर आए पछि पोखरेलीहरूले यस विषयमा बहस सुरु गरेका छन्। पोखरा महानगरपालिकाले दिन मिल्ने होटलको तलाको मापदण्ड लिएको बताए । महानगरले वैधानिक रूपमा तीन तले अर्थात् ३५ फिटसम्म उचाइका घर तथा होटल एवं भवनहरू निर्माणको अनुमति दिँदै आएको छ ।

उक्त होटलमा करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको अध्यक्ष पहारीले बताए । अत्याधुनिक प्रविधि तथा वातावरण मैत्री हुने गरी निर्माणको भएको उक्त होटलको सेवा पाँच तारे होटल बराबरको भएको उनले जनाए । उद्घाटनको अवसरमा होटलमा सिङ्गल बेड रुमको मूल्य ७५ डलर र डवल बेड रुमको मूल्य ८५ डलर कायम गरिएको अध्यक्ष पहारीले बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रधानमन्त्री जस्तो व्यक्तिले स्थानीय तहसँग जानकारी नलिई अवैधानिक रूपमा निर्माण भएको संरचनाको उद्घाटन गर्न नहुने बताए । उनले भने “पोखरामा मापदण्ड विपरीत निर्माण भएका होटल तथा अग्ला भवनहरूको महानगरले अब नियमन गर्ने तयारी गरेको छ, मापदण्ड विपरीत निर्माण भएको होटलको उद्घाटन गर्न प्रधानमन्त्री आउनु हुँदैन भन्ने हामीले सोचेका छौ । ”

पोखरा महानगरपालिकाका योजना सहरी विकास सार्वजनिक निर्माण शाखा प्रमुख इन्जिनियर शारदामोहन काफ्लेले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा महानगरको अनुमति विना धेरै घर तथा भवनहरू मापदण्ड विपरीत निर्माण भएकोले त्यसलाई नियमन गर्न तर्फ महानगर लाग्ने बताए । हाल मापदण्ड विपरीत निर्माण भइसकेका घर तथा भवनहरूको पहिलो चरणमा तथ्याङ्क संकलन गरी घर तथा भवन सुरक्षित छ की छैन भनी एउटा प्राविधिक टोलीले अध्ययन अवलोकन गरे पश्चात् अनुमति दिन मिल्नेलाई ३ गुणा राजश्व असुल उपर गरी अनुमति दिने तयारी भएको प्रमुख इ.काफ्लेले जनाए । उनका अनुसार महानगरले वैशाख अन्तिम साता ३५ दिने सूचना जारी गरी घर नियमित गर्न पोखरेलीलाई आग्रह गरेको छ ।

जग्गाको ग्राउण्ड कभरेजको रेसियो पुगेको आधारमा मापदण्ड पुगेको छ वा छैन भन्ने टुङ्गो लागेसँगै एक वर्ष भित्र महानगरले महानगर भित्र निर्माण भएका मापदण्ड विपरीतका घर तथा भवनको अनुमति तथा निर्माणको सम्पन्न प्रमाण पत्र दिने भएको उनले जनाए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ बमोजिम ३ गुणा राजश्व लिएर एक पटकको लागि २०७४ अघि निर्माण भएका घर तथा भवनको हकमा उक्त व्यवस्था लागु गर्न लागिएको उनले जनाए । अन्य मापदण्ड विपरीत निर्माण भएका घर तथा भवनको हकमा सबलीकरण गरी सुरक्षित रेक्ट्रोफिट गर्नु पर्ने प्रमुख इ. काफ्लेले जनाए ।

होटल तथा व्यवसायीक प्रयोजनको लागि ५० प्रतिशतसम्म जमिन खाली छाड्नु पर्ने प्रावधान रहेको उनले बताए । जमिनको अवस्था हेरीकन पोखराको हकमा हाल महानगरले ११ तलासम्म अनुमति दिन सक्ने प्रमुख इ. काफ्लेले जनाए । पोखरामा एक अर्ब भन्दा बढी लागतमा निर्माण भएको पोखरा ट्रेड मलले पनि तीन तलाको अनुमति लिएर हाल ५ तला सञ्चालन गरेको छ । पोखरा ट्रेड मलले पनि महानगरको मापदण्ड भित्र पर्ने गरी आफ्नो भवनको फिल्ड भिजिट गर्न महागरलाई निवेदन दिएको छ । महानगरले सार्वजनिक सूचना जारी गरेसँगै मापदण्ड विपरीत निर्माण भएका घर तथा भवनको नियमन गर्न आफ्नो नाम टिपाउनको लागि महानगरले आग्रह गरेको छ।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले गत माघ २ गते पोखराको बुद्ध चोकमा मापदण्ड विपरीत निर्माण भएको १० तले होटल टाक्स इन्टरनेश्नलको उद्घाटन गरेर आलोचित भएका थिए । वैधानिक रूपमा तीन तले अर्थात् ३५ फिटसम्म उचाइका घर तथा होटल एवं भवनहरू निर्माणको अनुमति भए पनि मापदण्ड विपरीत निर्माण भएको होटलमा उपराष्ट्रपति जस्तो व्यक्तिले उद्घाटन गर्नु निकै हास्यास्पद भएको भन्दै पोखरेलीले व्यङ्ग्य गरेका थिए ।

यो पनि पढ्नुहोस् –

उपराष्ट्रपति पुनद्वारा पोखरामा तामझामका साथ मापदण्ड विपरीतको होटल उद्घाटन

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. स्विस सरोबरका सम्बन्धमा पोखराको महानगरले बेलैमा गरेको असावधानीको शिकार Swiss International Hotel Sarower भएको छ अनि नगर प्रमुख मान ब जिसीको राजनैतिक शिकार प्रा भरत पहारी बनेका छन।मान ब जिसी आफ्ना समकालीन द्वारा बनाईएको होटल बारे अनभिज्ञ थिएनन् ,र यो संगै उनको एउटा राजनिक अभीष्ट पुराभएको छ र कास्की एमाले प्रष्ट रूपमा दुई लाईनमा हिडेको छ।
    बैदाममा १० तला हैन त्यो भन्दा माथीका धेरै भवनहरू बनिसकेका छन।महानगर संकृणतामा हैन असाधारण रूपमा बिकासको गति लिदै गर्दा कमजोर मापदण्डहरू सुधार्दै अन्तराष्ट्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button