नमागी चल्दैन गण्डकी प्रदेशकै पुरानो विद्यालय: अध्यक्ष नेपाली

दीननाथ बराल, पोखरा न्यूज – १७, जेठ । पोखराको लामाचौरमा प्रधान कार्यालय रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवसको अवसरमा शुक्रबार पोखराको एक सामुदायिक विद्यालयलाई सहयोग हस्तान्तरण गरिएकोे छ । सम्भवत गण्डकी प्रदेशकै पहिलो बिद्यालय पोखरा बगरमा रहेको संस्कृति माविलाई सहकारीले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत २५ हजार नगद सहयोग हस्तन्तरण गरेको हो ।

सहकारीका अध्यक्ष संजय कुमार अधिकारी, पूर्व अध्यक्ष पुष्पेन्द्र पाण्डे, कोषाध्यक्ष बुद्धि बहादुर क्षत्री खत्री, प्रबन्धक टंक प्रसाद अधिकारी लगायतले उक्त रकम बराबरको चेक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गोविन्द नेपाली, सदस्य एवं गुरुकुल आश्रम व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर थापा, विद्यालयका प्राचार्य गोविन्द प्रसाद सिग्देललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा नव आर्दश सामुदायिक विकास समाजले विद्यालयमा अक्षयकोष स्थापनाको लागि भन्दै १५ हजार रूपैया आर्थिक सहयोग गरेको छ । त्यसै गरी सहकारीका अध्यक्ष संजयकुमार अधिकारीले आफ्ना दुई छोरी शरीस्मा र सपना अधिकारीको नामबाट १२ हजारका अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने सहयोग गर्ने बताए ।  समाजसेवी लोक बहादुर थापाले विद्यालयमा रहेका ७२ जना बाटुकहरुलाई एक दिनको खान खुवाउने बताएका छन् ।

त्यस्तै कमल थापाले बिद्यालयमा हाल निमार्ण हुदै गरेको पन्चाङग् मन्दिर निर्माणको लागि २ टिप वालुवा दिने घोषणा गरेकाछन्। विद्यालयका अध्यक्ष नेपालीले विद्यालयमा हाल जेनतेन विभिन्न दाताहरुको सहयोगबाट संस्कृत अध्ययनको छात्रवास संचालन गर्दै आएको बताए ।

कक्षा १ देखि १० कक्षासम्म विद्यालयमा २ सय २५ जना विद्यार्थीहरु रहेको विद्यालयले जनाएको छ । जस मध्य ४ देखि १० कक्षासम्मक विभिन्न जिल्लाबाट आएका बालकहरुको संस्कृत अध्ययनको लागि आवासिय छात्रबास समेत विद्यालयले संचालन गर्दै आएको गुरुकुल छात्रबास व्यावस्थापन समितिक अध्यक्ष थापाले बताए । उनले भने “गण्डकी प्रदेशकै सबी भन्दा पुरानो विद्यालय आज आएर दातहरुसंग मागेर चलााउनु परेको छ, सरकारी निकायको यसमा ध्यान पुग्न सकेको छैन्।”

यसै बिच शनिबार लामाचौरमा निशुल्क (थाइराइड, सुगर र कोलिस्टोर) के स्वास्थ्य शिविर हुने भएको छ । नव आर्दश सामुदायिक विकास समाजको आयोजना यूआरएलको प्राविधिक सहयोग, जय मनकामना सहकारीको संयोजनमा उक्त कार्यक्रम हुने भएको सहकारीका कोषाध्यक्ष खत्रीले जनाए ।

उक्त सहकारीको शेयरधनि ५ हजार ४ सय जना रहेकाछन भने शेयर पूंजि १२ करोड ४२ रहेको प्रवन्धक टंक प्रसाद अधिकारीले जनाए । उनका अनुसार सहकारीको कारोवार ६४ करोड रहेको छ । ५ वटा सेवा केन्द्रको अनुमति लिएको सहकारीले चिप्लेढुंगामा एउटा केन्द्र विस्तार गरिसकेको छ । लघुविक्त कार्यक्रम र युवा स्वरोजगारका कार्यक्रम समेत ल्याएको अध्यक्ष अधिकारीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button