
पोखरा न्यूज – १७, जेठ । गण्डकी प्रदेश सरकारले नेपाल खेलकुद पत्रकार मञ्चगण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
मञ्चको टोलीले अघिल्लो महिना मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई भेट गरी प्रदेशकै गौरवको कार्यक्रम रहेकोले सहयोगको लागि अपील गरेको थियो । सो रकम सहयोग गर्ने निर्णयले मञ्चले आभार प्रकट गरेको मञ्च अध्यक्ष एक राजगिरीले बताए । पोखरा सभागृहमा जेठ २४ गते हुने स्पोर्टस् अवार्डको लागि विगतमा झैं यसपालिले पनि विभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमलाई अघिल्लो सम्झौता अनुरुप बतास ब्रदर्श प्रालिले मुख्य प्रायोजन गर्दै वर्ष खेलाडी पुरुषलाई टीभीएस मोटरसाइकल र वर्ष खेलाडीमहिलालाई विगो स्कूटर प्रदान गर्ने भएको छ ।
यस्तै, पोखरा महानगरपालिकाले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १ लाख, नेपाल पर्यटनबोर्डले ५० हजार, रुपा गाउँपालिकाले २५ हजार, सांसद मीना गुरुङ (हङकङ व्युटीइन्स्टिच्युटप्रालि)ले २५ हजार, फेदीखोला गाउँपालिकाले २५ हजार, पोखरा १० निवासी स्व. हेमबहादुर पुनको स्मृतिमाउनको परिवारबाट २५ हजार,सहारा क्लबपोखराले १० हजार सहयोग घोषणा गरिसकेका छन् ।
पोखरा कन्क्रिटकन्सर्न प्रालिद्वारा वर्ष उत्कृष्ट प्रशिक्षकको लागि २५ हजार,सांसद राजीव पहारीबाट वर्ष उत्कृष्ट पत्रकारिता अवार्डको लागि २० हजार, हेल्थ अपडेट मासिकबाट वर्ष उत्कृष्ट खेल संघको लागि १५ हजार रुपैयाँ नगद र सामसङ मोवाइलवल्र्ड वाइड कनेक्सनबाट २ थान मोवाइल प्रायोजन भैसकेको आर्थिक संकलन उपसमिति संयोजक शशि कुमार पौडेलले जानकारी दिए ।
कार्यक्रमको लागि कास्कीका अन्य गाउँपालिका, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, कास्की, पोखरा वाटर सप्लायर्स, कास्की जिल्ला बास्केटबल संघ, पोखरा खानेपानी संस्थान,पोखरा महानगरपालिका वडा ३, ५, ७ र ८, राखेप सदस्य राजेश गुरुङ, एन्फा कास्कीअध्यक्ष मिलन गुरुङ, चिल्लीबार, माउन्ट व्लू टुरिष्ट होष्टल लगायतले सहयोगको प्रतिबद्धता जनाएका छन् ।
चौथो संस्करणको सो स्पोर्टस् अवार्डमा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्ड यस पालि चित्रबहादुर गुरुङलाई प्रदान गर्ने घोषणा गरिसकेको महा सचिव विजय नेपालले बताए । यस वर्ष थपवर्ष चर्चित खेलाडीको लागि एसएमएस थालिएको मञ्च उपाध्यक्षएवं प्रविधि संयोजक रञ्जन अधिकारीले जनाए ।





