गण्डकी प्रदेश सरकारले खेलाडीलाई नगर परिक्रमा सहित नगदले सम्मान गर्ने

दीननाथ बराल, पोखरा न्यूज – १७, जेठ । नेपालगन्जमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशलाई पदक दिलाउने खेलाडीहरुको पुरस्कार स्वरुप प्रदेश सरकारले ११ लाख ८५ हजार रुपैया सहयोग उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले प्रदेशको नाम राख्न सफल पदक दिलाउने खेलाडीहरुको सम्मानको साथमा पुरस्कार प्रदान गर्न पनि प्रदेश सरकारले उक्त रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए । बैठकले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई सफल पार्न ५ लाखदिने निर्णय गरेको छ ।

त्यस्तै हालै पोखरामा सम्पन्न भएको ट्याथलन प्रतियोगिताको लागि प्रदेश सरकारले ७ लाख दिने निर्णय गरेको उनले बताए । साथै बैठकले यही जेठ २२ गते आर्थिक बर्ष २०७६/०७७ को निती तथा कार्यक्रम संसदमा पेश गर्ने लगायता निर्णय गरेको सरकारका प्रवक्ता बस्नेतले जनाए ।

खेलाडीहरुको प्रोत्साहन लागि प्रदेश सरकारले उक्त रकम दिने निर्णयले आफुहरु निकै खुसि भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । उनका अनुसार आठौं खेलकुदमा प्रदेशबाट सहभागि भएर स्वर्ण पदक दिलाउनेलाई जनही १० हजार, रजत पदक दिलाउनेलाई जनही ७ हजार र कास्य पदक दिलाउनेलाई जनही ५ हजारका दरले रकम सहित सम्मान गरिने भएको छ । आठौं खेलकुदमा गण्डकी प्रदेशका ४० जनाले एकल तथा समुहमा गरी स्वर्ण पदक जितेका थिए । त्यसै गरी रजत पदक ५७ जनाले र एक सय ६ जनाले कास्य पदक जितेका थिए ।

उनीहरुलाई भव्य कार्यक्रमका साथमा पोखरा नगर परिक्रमा गरी नवौं राष्ट्रिय खेलकुदको झण्डा समेत नगर परिक्रमा गरीने तयारी भएको अध्यक्ष श्रेष्ठले जनाए । आठौं खेलकुदमा सहभागि खेलाडी, अपिसियल, प्रशिक्षक सवैलाई एकै थलोमा भेला गराई सम्मान गरिने भएको उनले जनाए । उक्त कार्यक्रम सम्पन्न गर्न करिब १८ लाख ५० हजार खर्च लाग्ने उनले जनाए । स्मरण रहोस टिम गेममा पुरुष ह्याण्डबलले प्रदेशमै पहिलो पटक समुह गेमा स्वर्ण पदक दिलाउन सफल भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button