पोखरामा भएको बिटुबिमा ३ देशका टुर अपरेटर सहभागि

दीननाथ बराल, पोखरा न्यूज – १८, जेठ ।  पोखरामा पहिलो पटक भएको विज्नेस टु विज्नेस (बी.टु.बी.) कार्यक्रम भारत, बंगलादेश र कम्बोडियाका टुर अपरेटरहरु सहभागि भएका छन्। नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदको निमन्त्रणमा पोखरा आएका विदेशी टुर अपरेटरले पोखराका पर्यटन व्यवसायीसंग आज शनिबार बीटुबी कार्यक्रममा सहभागि भएका हुन्।

नेपाल सहित पोखरा क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले उक्त कार्यक्रम पोखरामा पहिलो पटक गरिएको परिषदका अध्यक्ष चिरञ्जिवी पोख्रेलले बताए । कार्यक्रममा पोखरा क्षेत्रका पर्यटन व्यवसायी र विभन्नि देशका टुर अपरेटर बिच पर्यटन प्याकेज खरिद बिक्रि तथा प्रर्दशनी एवं परामर्श भएको उनले जनाए । संघिय सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई घोषणा गरेको आन्तरिक भ्रमर्ण बर्षलाई सफल पार्न बी टु बी कार्यक्रमले मद्धत पुग्ने उनले विस्वास व्यक्त गरे ।

बीटुबी कार्यक्रममा करिब ७० जना सहभागि भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष शन्तोस पोखरेलले बताए । पोखरा क्षेत्रका होटल, रेष्टुरेण्ट, ट्राभल्स, प्याराग्लाइडिङ, वन्जीजम्प, अल्ट्रालाइट लगायतका पर्यटन प्याकेजको बारेमा विदेशी टुर अप्रेटरहरुलाई जानकारी गराइएको उनले बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन प्रबर्द्धन गर्न विभिन्न मुलुकका टुर अपरेटरहरुसंग यस्तो कार्यक्रम निरन्तर रुपमा आयोजना गर्नुपर्ने बताए । विदेशका टुर अपरेटरलाई सम्बन्धित ठाउँमा ल्याएर प्रत्यक्ष घुमफिर गराउदा सकरात्मक प्रभाव पर्ने उनले विश्वास व्यक्त गरे । टुर अपरेटरहरुलाइ चार दिनको प्याकेजमा नेपालमा वोलाए विभिन्न पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन पश्चात अन्तक्रिया सहितको बी.टु.बी. कार्यक्रम गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button