पोखरा-४ मा नि:शुल्क स्वास्थ्य शिविर, २ सय १४ जना लाभान्वित

दीननाथ बराल, पोखरा न्यूज – १९, जेठ ।  मिडवाइफ्रि सोसाइटी अफ नेपाल र लायन्स क्लब अफ पोखरा नर्सको आयोजनामा शनिबार पोखरा महानगरपालिका वडा नम्बर ४ मा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय १४ जना लाभान्वित भएका छन् ।

शहरी स्वास्थ्य केन्द्रको सहकार्यमा मधुमेह, स्तन क्यान्स र पाठेघरको मुखको क्यान्सरको परिक्षण तथा सचेतना कार्यक्रम समेत आयोजना भएको कार्यक्रम संयोजक निलम महर्जनले बताइन्।

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकरप्रसाद बास्तोला कार्यक्रमको उद्घाटन गर्दै महिलाहरुमा स्वास्थ्य सचेतना अति नै आवश्यक भएको बताए ।

कार्यक्रममा बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा, डा. गोपीलाल श्रेष्ठ, जनप्रतिनिधि पुष्कर श्रेष्ठ, सुर्वण केसी, सरिता पराजुली, विष्णुमाया परियार, गायत्रि पराजुली, शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज सुजना पौडल, संचालक निरा श्रेष्ठ, पुजा भण्डारी सुवेदी लगायतले स्वास्थ्य सेवाको बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button