अत्यधिक गर्मीका कारण विद्यालय बन्द

पोखरा न्यूज – २०, जेठ । अत्यधिक गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।

दिन प्रतिदिन बढ्दै गएको गर्मीले विद्यार्थीको पठनपाठन र आवतजावतमा समस्या भएको भन्दै धनगढी उपमहानगरपालिकाले आज आइतबारबाट एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जेठ २० देखि २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको सो कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

धनगढी उपमहानगरपालिका शिक्षा शाखाप्रमुख विष्णुप्रसाद कोइरालाले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ८५ (३) बमोजिम हिउँदे वा बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिन पाउने व्यवस्था रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button