पोखराबाट रसुवातर्फ जादै गरेको ११ जना सवाररत टाटासुमो त्रिशुलीमा खस्यो

पोखरा न्यूज – २०, जेठ । मैलुङ–स्याफ्रुबेँसी सडकखण्डमा टाटासुमो दुर्घटना भएको छ ।

पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नं को टाटासुमो सोमबार  साँझ दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता ईश्वरी भण्डारीका अनुसार मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको कालिका र गोसाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा टाटासुमो दुर्घटना भई करीब एक सय मिटर तल त्रिशुली नदीमा खसेको हो ।

जिपमा चालकसहित ११ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीले दुर्घटनाग्रस्त टाटासुमोको खोजी गरिरहेका छन् ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. मलाई लाग्छ चालक को लापरबाहीले होला जस्तो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button