पोखराका तालमा २ जना मृत भेटिए

पोखरा न्यूज – २२, जेठ । पोखराका दुई छुट्टाछुट्टै तालमा दुई जना मृत अवस्थामा फेला परेका छन् । पोखराको फेवाताल र बेगनास तालमा बुधबार दुई पुरुषको शब् फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका – ६ गौरीघाट स्थित रत्न मन्दिर अगाडी फेवातालमा सिन्धुपाल्चोकको बाणें गाँउका अन्दाजी – २७ बर्षीय थबिन्द्र कोईराला मृत अवस्थामा फेला परेका हुन् । उनको शब् तालमा तैरिरहेको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

त्यसैगरी बुधबारनै पोखरा महानगरपालिका – ३१ स्थित बेगनास तालमा करिब ६५ बर्षय पुरुष मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता पुरीले जनाएका छन् । प्रवक्ता पुरीका अनुसार मृतकको परिचय खुलिसकेको छैन ।

प्रहरीले दुवै घटनाका विषयमा थप अनुसन्धान भरइहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button