पोखराका ट्रक बाहेक सबैजसो यातायात व्यवसायी कम्पनीमा गए !

दीननाथ बराल, पोखरा न्यूज – २३, जेठ । ट्रक व्यवसायी बाहेक पोखरा क्षेत्रका अन्य यातायात व्यवसायीहरु कम्पनीमा गएका छन्। सरकारले यही जेठ १८ गते भित्र यातायात व्यवसायीहरुलाई अनिवार्य रुपमा कम्पनिमा जान निर्देशन गरे अनुसार यस क्षेत्रका ट्रक बाहेक अन्य यातायात व्यवसायीहरु कम्पनीमा गएका हुन्।

यातायातमा हुने गरेको सिण्डीकेट खारेज गरी करको दायरामा ल्याउन सरकारले व्यवसायीलाई कम्पनिमा जान निर्देशन दिएको थियो । पोखरा क्षेत्रका ट्याक्सिदेखि पोखरा बस व्यवसायी समिति हुदै पृथ्बी राजमार्ग बस संचालक समितिसम्मका समितिहरु कम्पनीमा दर्ता भएका हुन् । यी समितिहरु प्राइभेट बहुल कम्पनि मार्फत  दर्तामा गएका छन्।

पोखरा क्षेत्रका अधिकाशं यातायात व्यवसायीहरु कम्पनीमा गएको गण्डकी यातायात व्यबस्था कार्यालयका प्रमुख अच्युत्त रेग्मीले बताए । पोखरा क्षेत्रमा यातायातका करिब २० हजार सवारी साधनहरु रहेको उनले बताए । सरकारले यातायात व्यवसायीहरुलाई अनिवार्य रुपमा कम्पनीमा जान निर्देशन दिए पनि कम्पनीमा गएसंगै व्यवसायी र कम्पनी बिच के कस्तो भुमिका हुने, दुर्घटना हुँदा कसले जिम्मा लिने लगायतका बिषयमा हाल अन्यौलको अबस्था रहेको व्यवसायीहरुले गुनासो गरेका छन्।

पृथ्बीराजमार्ग बस संचालक समिति, पोखरा बस व्यवसायी समिति, पोखरा ट्याक्सि व्यवसायी समिति लगायतका समितिहरु कम्पनीमा दर्ता भएका छन् भने गण्डकी ट्रक व्यवसायी संघ भने कम्पनिमा दर्ता भएको छैन्। पृथ्बीराजमार्ग बस संचालक समितिले कम्पनिमा दर्ता गरी सरकारले दिएको समय भित्रै आफुहरु कम्पनिमा गएको समितिका अध्यक्ष ऐन कुमार शाईले बताए । समितिमा १ हजार ३ सय ८१ वटा यात्रु बाहक सवारी साधन रहेकाछन्।

उनले भने “ हामीले संघसंस्था ऐन २०३४ अनुसार संस्था दर्ता गरेकोले हाम्रो संस्थामा धेरै व्यवसायीहरु आवद्ध भएकोले हाम्रो लागि भने राज्यले छुट्टै ऐन कानुन ल्याउनु पर्छ । ” पोखरा बस व्यवसायी समितिका महासचिव अमृत तिमिल्सिनाले आफुहरु पनि कम्पनीमा गएको जनाए । उनका अनुसार ३ सय ६२ जना व्यवसायीका ३ सय ७८ वटा बसहरु कम्पनीमा सुचिकृत भएकाछन्।

कम्पनिमा गएसंगै तत्काल कार्यविधि नहुँदा आफुहरुलाई व्यवसाय संचालन गर्न कठिन हुने उनले बताए । दुर्घटनाको व्यबस्थापन, करको छिनोफानो, नाफाघाटा, मजदुरको लगायतका बिषयमा हाल कुनै टुंगो नलागेको महासचिव तिमिल्सिनाले बताए ।

नेपाल ट्रक व्यवसायी महासंघ अन्य व्यवसायीहरु भन्दा फरक भएकोले आफुहरुको नविकरण समेत भएकोले हाल कम्पनीमा नभएको महासंघका केन्द्रिय सदस्य एवं संघका बरिष्ठ उपाध्यक्ष भानुभक्त अधिकारीले बताए । आफ्नो व्यवसायमा यात्रुबाहक नभएको र सिण्डकेट समेत नभएकोले गर्दा अन्य व्यवसायीहरु भन्दा फरक भएको उनले बताए । महासंघले सर्वोच्च अदालतमा रिठ हालेको छ जसको मुद्धा हाल विचाराधिन अबस्थामा रहेको बताइएको छ ।

पोखरा ट्याक्सि व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले १ हजार ५ सय ६१ वटा ट्याक्सिहरु सहित समिति कम्पनिमा दर्ता भएको जनाए । उनका अनुसार अझै समितिमा आबद्ध भएका करिब ३ सय ट्याक्सि कम्पनिमा प्रविधिक कारणले गर्दा सुचिकृत हुन छुटेका छन्। २०६९ साल देखि भाडा समायोजन नहुँदा मिटरमा ट्याक्सि संचालन गर्न आफुहरुलाई कठिन भएको बताए । पोखरामा अझै धेरै ठाउँमा मिटरमा ट्याक्सि गुड्न मान्दैनन जसले गर्दा यात्रु ठगिने र तथा यात्रु र चालक बिच बार्गेनीङ हुने गरेको छ ।

त्यसै गरी पोखरामा हरियो प्लेटका सवारी साधन संचालन गर्ने एक सय ७२ वटा कम्पनीहरु रहेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष संजयकान्त सिग्देलले बताए । नाट्टामा ठुला बस करिब ५५ देखि करिब ६ सय वटा जिप तथा मिनि माइक्रो, हाइस रहेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button