पोखरामा विश्वकर्मा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरा न्यूज – २३, जेठ ।  पोखरामा भदौं तेश्रो सातादेखि प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विश्वकर्मा सेवा समाज लाहाचोक कास्कीको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म उक्त प्रतियोगिता हुने भएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पहिलो पटक समाजको आयोजनामा हुने यो प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाबाट सहभागिता हुने आयोजकले विश्वास लिएको छ । प्रतियोगितामा करिब ५० वटा टिमो सहभागिता हुने भएको प्रतियोगिताका सँयोजक जीवन सुनारलेल बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रोले ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार, बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर र हाइस्कोरर विधामा जनही ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । बगर हरिचोकस्थित राष्ट्रिय उच्च माविको खेलमैदानमा प्रतियोगिता हुनेछ ।

विश्वकर्मा समुदायका युवाहरुलाई एकतामा बाँध्ने र अन्य समुदायका युवासंग पनि सद्भाव अनि भाइचारा बाँड्ने लक्ष्य सहित उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक सुनारले बताए । प्रतियोगिताका लागि १३ लाख रुपैयाँ खर्च लाग्ने समाजले जनाएको छ । प्रतियोगिताका अर्थ संकलन सँयोजक राजेन्द्र गहतराजले प्रतियोगिताबाट १९ लाख रुपैयाँ संकलन हुन बताए ।

प्रतियोगिताबाट बचेको रकम लाहाचोकस्थित जनजागरण आधारभुत विद्यालयको स्तरोन्नती र सोही ठाऊँमा रहेको शिव तथा विश्वकर्मा मन्दिरको निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button