आगलागीबाट दुई घर पूर्णरुपमा नष्ट

पोखरा न्यूज – २३, जेठ ।  आज मध्याह्न फिदिम बजारमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

फिदिम नगरपालिका–१ मेनरोडका कर्णबहादुर मगर र पूर्णबहादुर मगरका घर आगलागीमा जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।

यहाँ रहेको मिठाई पसलबाट आगलागी शुरु भएको स्थानीयवासीको भनाइ छ । जेरी पकाउने क्रममा दिउँसो करीब सवा १ बजे आगो लागेको थियो ।

फिदिम नगरपालिकाको बारुणयन्त्रको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट दुई घरमा रहेका होटल तथा पसलका अतिरिक्त आसपासका दुई घरमा सञ्चालित पसलमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button