कैलाली र कञ्चनपुरमा १ घण्टासम्म हावाहुरी, १३ जना घाइते

पोखरा न्यूज – २३, जेठ । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा आज साँझ एक घण्टासम्म आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हुरीबतासका कारण त्यहाको जनजीवन निकै प्रभावित बनेको छ ।

झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण १३ जना घाइते भएको प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिए। ठाउँ ठाउँमा रुख ढलेका छन् भने विजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द्य भएको छ ।

हावाहुरीले कैलालीका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुगेको प्रहरी निरीक्षक डाँगीले बताए । “क्षतिबारे अनुमान गर्न मुश्किल भएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने ।

यस्तै कञ्चनपुरमा समेत हावाहुरीबाट क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button