स्याङजमा दिदिसँग मन्दिर घुम्न गएकी बहिनीको नदिले बगाउदा ज्यान गयो 

पोखरा न्यूज – २५, जेठ । स्याङजमा शनिबार दिदिसँग मन्दिर घुम्न गएकी बहिनीको नदिले बगाउदा ज्यान गएको छ ।

कालिगण्डकी गाउँपालिका-२ भुरडाँडाकी २५ बर्षीया मिना थापा आफ्नी दिदि तारा केसिसँग सोहि स्थानको कालिगण्डकी नदिको किनारमा रहेको गुठी मन्दिर घुम्न जाने क्रममा नदीले बगाउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदि किनारमा हातखुट्टा धुन लाग्दा  नदिले बगाएकी मिनाको शव करिब १ किलोमिटर  तल  फेला परेको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले  जानकारी दिए ।

घटनाको बारेमा  थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button