विप्लव समूह कास्कीका सेक्रेटरी सहित १८ जना पक्राउ

दीननाथ बराल, पोखरा न्यूज – २६, जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका जिल्ला सेक्रेटरी सहित १८ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ बाट शनिबार साँझ उनीहरुलाई गोप्य सुचनाको आधारमा पक्राउ गरिएकोे कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले बताए ।

उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको उनले बताए । उनीहरुबाट विप्लव समुहको दष्तावेज सहित आमा समुहको भवनबाट पक्राउ गरिएको एस.पी. कार्कीले जनाए ।

पक्राउ पर्नेहरूमा मिलन राई, काजी गुरुङ, सन्तोष विक, आस्था नेपाली, प्रकाश बास्तोला, जंगबहादुर (उर्फ) लगायतका रहेको प्रहरीले जनाएको छ । गुरुङ विद्यार्थी संगठनका जिल्ला अध्यक्ष, राई केन्द्रीय सदस्य, नेपाली कास्की उपाध्यक्ष भएको बताइएको छ ।

विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बैठक बस्दै गर्दा प्रहरीको टोलीले घेरा हाली उनीहरुलाई नियन्त्रणमा लिएको श्रोतले जनाएको छ । केही दिन यता विप्लव समुहका नेता तथा कार्यकर्ताको विभिन्न गतिविधि हुदै आएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button