तनहुँमा टिप्परको ठक्करबाट साइकलयात्री घाइते

पोखरा न्यूज – २६, जेठ । तनहुँमा टिप्परले ठक्कर दिँदा एक साइकलयात्री घाइते भएका छन् ।

भिमादबाट हलेदी तर्फ जाँदै गरेको ग १ ख ७१७८ नम्बरको टिप्परले शुक्लागण्डकी नगरपालिका- २ गाछेपानीमा साइकललाई ठक्कर दिँदा साइकलयात्री दुलेगौडा निवासी २१ बर्षिय कमल बि.क.घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  टिप्परले बाटो काट्ने क्रममा साइकलमा यात्रा गरिरहेका बि.क लाई  ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका बि.क. लाई उपचारको लागी तनहुँ सेवा अस्पताल दुलेगौडा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

टिप्पर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button