वाग्मती सफाई अभियान चलाउने कार्यालय अघि नै फोहर !

पोखरा न्यूज – २६, जेठ । वाग्मती सफा बनाउन २५ वर्षअघि स्थापित अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयअघि नै फोहर भएपछि स्थानीयवासी सफाइमा जुटेका छन् ।

गुह्येश्वरी मन्दिर अगाडिको चौर र वाग्मतीको उद्यानमा सफा गरी त्यहाँ जम्मा भएको फोहर व्यवस्थापन गरिएको वाग्मती अभियानकर्मी पद्मराज रेग्मीले जानकारी दिए । गुह्येश्वरी युवा क्लबको नेतृत्वमा यहाँ सफाइ अभियान चलाइएको हो ।

वाग्मतीलगायत उपत्यकाका नदी सफा गर्ने कार्यादेश पाएको कार्यालयले आफ्नै अघिसमेत सफा गर्न सक्दैन भने अन्यत्र कसरी गर्ला भन्ने प्रश्न उब्जिएको स्थानीयवासी रामशरण पाण्डेले गुनासो गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button