चट्याङ लागेर ७ महिला घाइते

पोखरा न्यूज – २७, जेठ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करीब ५ः३० बजे चट्याङ लागेर सात जना महिला घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाई, कल्पना दमाई, दुर्गा दमाई, जमुना दमाई र मिट्ठु दमाई घाइते भएका छन्  ।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button