पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा एक युवा वेपत्ता

दीननाथ बराल, पोखरा न्यूज – २८, जेठ । पोखरा महानगरपालिका – १७, दोभिल्ला स्थित फुर्सेखोलामा पौडी खेल्ने क्रममा एक युवा वेपत्ता भएका छन्।

काठमाण्डौ घर भइ हाल  चिप्लेढुंगा पोखरामा बस्दै आएका १९ बर्षीय संजिव तामाङ पौडी खेल्ने क्रममा सोमबार दिउँसो देखि वेपत्ता भएको आफन्तले जनाएका छन्।

आफ्ना साथीहरुसंग सोमबार दिउसो करिव ३ बजेको समयमा  पौडी खेल्न फुर्सेखोलामा पुगेका तामाङ पौडी खेल्ने क्रममा साझा ५ बजे एकाएक वेपत्ता भएसंगै उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

सोमबार साँझ देखि नै प्रहरी सहितको अन्य सुरक्षाकर्मी एवं स्थानियले उनको खोजी कार्य जारी राखे पनि हालसम्म उनको बारेमा केही पत्ता लाग्न  नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button